माघ ९, २०८२ शुक्रबार | १७:१९:३०
सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा

प्रधानमन्त्री कपः सुदूरपश्चिमको पहिलो जित

 काठमाडौं । लुम्बिनी प्रदेशलाई नौ विकेटले परावित गर्दै प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

जितसँगै सुदूरपश्चिमले दुई खेलमा दुई अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको लुम्बिनीको समान खेलबाट दुई अंक नै छ ।

मुलपानी क्रिकेट मैदान ( माथिल्लो) मा शुक्रबार लुम्बिनीले प्रस्तुत गरेको ७२ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो ।

सुदूरपश्चिमका लागि कविता जोशीले अविजित २४, रेवती धामीले अविजित १७ र रुबी पोदारले १४ रन बनाए । लुम्बिनीका लागि एक मात्र विकेट मधु डिसीले लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा  सात विकेट गुमाउँदै ७१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि सरस्वती पुनले १९, आस्मा पुलामी मगरले १६ र सुस्मिता बजगाईँले १४ रन बनाए । 

सुदूरश्चिमका लागि लक्ष्मि साउदले दुई तथा इश्वरी विष्ट, कप्तान ऋतु कनोजिया र अनु कडायतले समान एक विकेट लिए ।पहिलो खेलमा सुदूरपश्चिम एपिएफसँग नौ विकेटले पराजित हुँदा लुम्बिनीले गण्डकीलाई चार विकेटले हराएको थियो ।

शुक्रबार नै सम्पन्न अन्य खेलमा कोशीले बागमतीलाई आठ विकेट, गण्डकीले कर्णालीलाई ४४ रन र एपिएफले मधेशलाई १० विकेटले पराजित गरे । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate