माघ १५, २०८२ बिहीबार | १७:५३:१९
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताः प्रफुल र रसिला सेमिफाइलनमा

पाटन। प्रफुल महर्जन र रसिला महर्जन दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष एकलमा नेपाली सेनाका प्रफुलले एपिएफका देवराज रानालाई २१-७, २१-६ ले स्तब्ध बनाए । महिला एकलमा रसिलाले एपिएफकी सुनयना मुखियालाई २१-१२, २१-१० ले पराजित गरिन् ।

प्रफुलले फाइनल प्रवेशका लागि नेपाल पुलिसका विष्णु कटुवालको सामना गर्नेछन् । विष्णुले सेनाका अभय महरालाई २१-११, २१- १५ स्तब्ध बनाए ।

यस्तै रसिलाले सेमिफाइनलमा प्रवेशका लागि सेनाकी रेहना शेरचनसँग प्रतिस्पर्धा गर्नेछिन् । रेहनाले पोखरा ब्याडमिन्टन क्लबकी आयुश्मा नेपाललाई २१-१०, २१-१३ ले पराजित गरेकी हुन् ।

पुरुष एकलकै अर्को प्रतिस्पर्धामा नेपाल पुलिसका जीवन आचार्यले सेनाका रोशन साउदलाई २१-७, २१-१६ ले पराजित गर्दै सेमिफाइनलमा प्रिन्स दाहालसँगको भेट पक्का गरेका छन् । एपिएफका प्रिन्सले सेनाका डेभिड थापा मगरलाई २१-१४, २१-१० ले पराजित  गरे ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स कलबको सहआयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फको अर्को खेलमा सेनाकी अनुमाया राईले एपिएफकी रिना तामाङलाई  २१-८, २१-६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरिन् । नेपाल पुलिसकी निता लम्सालले कस्तुरी कलेजकी सिमा राजवंशीमाथि २१-१२, २१-१४ को जित हात पारिन् ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु- १७ पुरुष एकलतर्फ सेनाका सुप्रिम पन्थ, कविर केसी र अभय महरा तथा गुल्मीका जेनिश शेरचनले सेमिफाइनलमा स्थान बनाए ।

सुप्रिमले नेपालगंजका राजेश बिसीलाई २१-१८, २१-१२, कविरले एपिएफका अरुण अधिकारीलाई २१-१७, २१-८,अभयले सेनाकै सुविन श्रेष्ठ (बी) लाई २१-१४, २२-२० ले तथा जेनिशले सेनाका सुविन श्रेष्ठ (ए) लाई २१-१७, २१-१० ले पराजित गरेका हुन् ।

पुरुष ४५ वर्ष माथीको युगलमा कास्कीका राजेश गुरुङ र  शम्भु श्रेष्ठको जोडी, चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेल, पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र अनिल थाम्सुहाङ र कास्कीका डोल राज आले र कुश्माका प्रेम गुरुङको जोडीले पनि सेमिफाइनलमा स्थान पक्का गरे ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।