चैत्र १०, २०८२ मंगलबार | ०४:५९:२६
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताः प्रफुल र रसिला सेमिफाइलनमा

पाटन। प्रफुल महर्जन र रसिला महर्जन दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष एकलमा नेपाली सेनाका प्रफुलले एपिएफका देवराज रानालाई २१-७, २१-६ ले स्तब्ध बनाए । महिला एकलमा रसिलाले एपिएफकी सुनयना मुखियालाई २१-१२, २१-१० ले पराजित गरिन् ।

प्रफुलले फाइनल प्रवेशका लागि नेपाल पुलिसका विष्णु कटुवालको सामना गर्नेछन् । विष्णुले सेनाका अभय महरालाई २१-११, २१- १५ स्तब्ध बनाए ।

यस्तै रसिलाले सेमिफाइनलमा प्रवेशका लागि सेनाकी रेहना शेरचनसँग प्रतिस्पर्धा गर्नेछिन् । रेहनाले पोखरा ब्याडमिन्टन क्लबकी आयुश्मा नेपाललाई २१-१०, २१-१३ ले पराजित गरेकी हुन् ।

पुरुष एकलकै अर्को प्रतिस्पर्धामा नेपाल पुलिसका जीवन आचार्यले सेनाका रोशन साउदलाई २१-७, २१-१६ ले पराजित गर्दै सेमिफाइनलमा प्रिन्स दाहालसँगको भेट पक्का गरेका छन् । एपिएफका प्रिन्सले सेनाका डेभिड थापा मगरलाई २१-१४, २१-१० ले पराजित  गरे ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स कलबको सहआयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फको अर्को खेलमा सेनाकी अनुमाया राईले एपिएफकी रिना तामाङलाई  २१-८, २१-६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरिन् । नेपाल पुलिसकी निता लम्सालले कस्तुरी कलेजकी सिमा राजवंशीमाथि २१-१२, २१-१४ को जित हात पारिन् ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु- १७ पुरुष एकलतर्फ सेनाका सुप्रिम पन्थ, कविर केसी र अभय महरा तथा गुल्मीका जेनिश शेरचनले सेमिफाइनलमा स्थान बनाए ।

सुप्रिमले नेपालगंजका राजेश बिसीलाई २१-१८, २१-१२, कविरले एपिएफका अरुण अधिकारीलाई २१-१७, २१-८,अभयले सेनाकै सुविन श्रेष्ठ (बी) लाई २१-१४, २२-२० ले तथा जेनिशले सेनाका सुविन श्रेष्ठ (ए) लाई २१-१७, २१-१० ले पराजित गरेका हुन् ।

पुरुष ४५ वर्ष माथीको युगलमा कास्कीका राजेश गुरुङ र  शम्भु श्रेष्ठको जोडी, चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेल, पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र अनिल थाम्सुहाङ र कास्कीका डोल राज आले र कुश्माका प्रेम गुरुङको जोडीले पनि सेमिफाइनलमा स्थान पक्का गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो