अर्जुन कुमाल

अर्जुनलाई ‘एक्स्ट्राटेक’ को आर्थिक सहयोग

गुल्मी। अस्ट्रेलियास्थित सूचना प्रविधि सम्बन्धी कम्पनी ‘एक्स्ट्राटेक’ले क्रिकेटर अर्जुन कुमाललाई सहयोग गरेको छ । 

नेपाललाई यु-१९ विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका अर्जुनलाई संस्थाले नगद ५० हजार सहयोग गरेको हो । अस्ट्रेलियाबाट प्राप्त रकम संचारकर्मी मोहन बस्नेतले क्रिकेटर अर्जुनलाई हस्तान्तरण गरे ।

‘एक्स्ट्राटेक’का निर्देशक विनोद कुँवरले कुमालको हौसला बढाउन सहयोग गरिएको बताउँदै यसबाट उनलाई थप प्रेरणाले मिल्ने विश्वास व्यक्त गरे ।

यसअघि पनि विभिन्न खेलाडि र खेल संस्थालाई सहयोग गर्दै आएको ‘एक्स्ट्राटेक’ले आगामी दिनमा पनि सहयोग जारी राख्ने हेड अफ क्यारियर काउन्सिलर सुदीक्षा गौतमले बताईन् ।

  अर्जुनले अहिले आफूलाई विभिन्न व्यक्ति र संस्थाबाट सहयोग प्राप्त भैरहेको र यसबाट आप्नो प्रदर्शनमा थप सुधार ल्याउन प्रेरणा मिलेको बताए ।