थ्री नेसन्स कप

पहिलो हाफमा नेपाल एक गोलले पछाडी

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत भुटानविरुद्ध पहिलो हाफ समाप्त हुँदा नेपाल १-० ले पछाडी परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १९ औं मिनेटमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए . नोर्बुले दावा छिरिङको कर्नरलाई हेडरमार्फत पोस्टको दिशा दिएका हुन् । 

नेपालले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन ।

२९ औं मिनेटमा पुजन उपरकोटीले ३० यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । पहिलो हाफको अन्ति मिनेटमा नेपालले बराबरी गर्ने अवसर गुमायो । कर्नरमा रिबाउन्ड आएको बललाई पुजनले हेडरमा सनिश श्रेष्ठको अन्तिम हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । 

पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको नेपाल भुटानलाई पनि हराउँदै शतप्रतिशत जितका साथ फाइनल पुग्ने लक्ष्यमा छ ।

पहिलो खेलमा लाओससँग २-१ ले पराजित भएको भुटान पनि आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।