खप्तड गोल्ड कप

सुदूरपश्चिम-११ सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबमाथि ४-० को सहज जित निकाल्दै आयोजक सुदूरपश्चिम-११ छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा मंगलबार सम्पन्न खेलमा सुदूरपश्चिमलाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक पूरा  गरे । अर्को एक थाृल स्वामी हार्दिकको नाममा रह्यो ।  

खेलको पाँचौं मिनेटमै हार्दिकको गोलमार्फत सुदूरपश्चिमले अग्रता लिएको थियो ।  पहिलो गोल गरेका थिए । ३० औं मिनेटमा आयुषले टोलीको अग्रता दोब्बर बनाए ।

आयुषले ५१ औं र ६३ औं मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रिक गरे ।

अब सुदूरपश्चिमले चैत १६ गते हुने सेमिफाइनलमा थ्री स्टार क्लबको सामना गर्नेछ ।

बुधबार हुने पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लब आमने सामने हुनेछन् ।