काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको भलिबलमा लुम्बिनी र बागमती च्याम्पियन बनेका छन् ।
लुम्बिनीले छात्र तथा बागमतीले छात्रामा स्वर्ण चुमे । दुवै टोलीले गण्डकीलाई पराजित गरे ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा लुम्बिनीले गण्डकीलाई २५-१७, २५-१४, १९-२५,२५-१९ ले पराजित गर्यो । कर्णाली तेश्रो भयो ।
छात्राको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई २५-१३, २५-१४ ,२५-१४ को सोझो सेटमा हरायो । लुम्बिनी तेश्रो स्थानमा रह्यो ।
कबड्डीमा सुदूरपश्चिमलाई दोहोरो उपाधि
कबड्डीमा सुदूरपश्चिमले दोहोरो स्वर्ण जित्यो । सुदूरपश्चिम छात्र/छात्रा दुवैमा पहिलो भयो ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२-२६ ले पराजित गर्यो । लुम्बिनी र मधेश तेश्रो भए
। छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई ४०-२७ ले हरायो । कर्णाली र बागमतीले तेश्रो स्थान हासिल गरे ।