बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता

शहीद स्मृति भलिबल सुरु

काठमाडौं । योङ कम्युनिष्ट लिग(वाइसिएल), बागमती प्रदेश कमिटीको आयोजनामा प्रथम शहीद स्मृति बागमती प्रदेशस्तरीय रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)  को कभर्डहलमा सुरु भएको छ ।

पहिलो दिन नुवाकोटले सिन्धुपाल्चोकलाई ३-१, ललितपुरले रसुवालाई ३-०, चितवनले धादिङलाई ३-० र रामेछापले मकवानपुरलाई ३-१ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री वर्षमान पुनले निर्णायकलाई बल हस्तान्तरण गरी गरे । उद्घाटनका अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङलाई खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएवापत कदर पत्रसहित सम्मान गरिएको थियो ।

प्रतियोगितामा १० टिमको सहभागिता  छ ।