माघ १४, २०८२ बुधबार | १९:१०:५३
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

दाङ क्रिकेट लिगः दंगाली लायन्स च्याम्पियन

धोराही । दंगालीले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै दाङमा सम्पन्न नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो संस्करणमा दंगाली लायन्स च्याम्पियन बनेको छ ।

घोराही क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा दंगाली लायन्सले प्रस्तुत गरेको १०८ रनको लक्ष्य पछ्याएको तुलसीपुर १६ ओभरमा ६२ रनमै समेटियो ।

तुलसीपुरका लागि रुपेश सिंहले २० तथा अमर सिंह रौटेलाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

दंगाली लायन्सका लागि बसिर अहमदले तीन, विपिन खत्री, वीरबहादुर घर्तीमगर र प्रकाश जैसीले समान दुई तथा शंकर रानाले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटङ रोजेको दंगाली लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०७ रनको योगफल तयार पारेको थियो ।

दंगालीको लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३८ बलमा तीन छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ४५ को योगदान गरे । यसैगरी बसिर अहमदले २४ तथा अंकित बुढाले ११ रन बनाए।

तुलसीपुरका लागि अमरसिंह रौटेलाले तीन तथा रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नबिन बिकले समान विकेट लिए।

बसिर अहमद

उपाधिसहित विजेता दंगाली लायन्सले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता तुलसीपुर रोयल्सले १ लाख रुपैयाँ पायो।

दंगाली लायन्सका बसिर अहमद प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । यस्तै गाली लायन्सका सन्तोष कार्की उत्कृष्ट ब्याटर, पुरनधारा च्यालेन्जर्सका दिपेन्द्र रावत उत्कृष्ट बलर तथा देउखुरी वारियर्सका शुभम खनाल उदीयमान खेलाडी  घोषित भए।

सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गरे।

दाङ क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा पाँच  फ़्रेन्चाइज टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको खेलाडी छनोट अक्सनमार्फत गरिएको थियो।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।