चैत्र १८, २०८२ बुधबार | ०४:१२:१५
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

दाङ क्रिकेट लिगः दंगाली लायन्स च्याम्पियन

धोराही । दंगालीले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै दाङमा सम्पन्न नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो संस्करणमा दंगाली लायन्स च्याम्पियन बनेको छ ।

घोराही क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा दंगाली लायन्सले प्रस्तुत गरेको १०८ रनको लक्ष्य पछ्याएको तुलसीपुर १६ ओभरमा ६२ रनमै समेटियो ।

तुलसीपुरका लागि रुपेश सिंहले २० तथा अमर सिंह रौटेलाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

दंगाली लायन्सका लागि बसिर अहमदले तीन, विपिन खत्री, वीरबहादुर घर्तीमगर र प्रकाश जैसीले समान दुई तथा शंकर रानाले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटङ रोजेको दंगाली लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०७ रनको योगफल तयार पारेको थियो ।

दंगालीको लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३८ बलमा तीन छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ४५ को योगदान गरे । यसैगरी बसिर अहमदले २४ तथा अंकित बुढाले ११ रन बनाए।

तुलसीपुरका लागि अमरसिंह रौटेलाले तीन तथा रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नबिन बिकले समान विकेट लिए।

बसिर अहमद

उपाधिसहित विजेता दंगाली लायन्सले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता तुलसीपुर रोयल्सले १ लाख रुपैयाँ पायो।

दंगाली लायन्सका बसिर अहमद प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । यस्तै गाली लायन्सका सन्तोष कार्की उत्कृष्ट ब्याटर, पुरनधारा च्यालेन्जर्सका दिपेन्द्र रावत उत्कृष्ट बलर तथा देउखुरी वारियर्सका शुभम खनाल उदीयमान खेलाडी  घोषित भए।

सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गरे।

दाङ क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा पाँच  फ़्रेन्चाइज टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको खेलाडी छनोट अक्सनमार्फत गरिएको थियो।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो