टाइगर कप भलिबल प्रतियोगिता

आर्मीलाई तेस्रो स्थान

काठमाडौं । विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

पोखरा रंगशालास्थित कोर्टमा पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १८-२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा आर्मी २५ -२० र २५ -१९ ले विजयी भयो ।

तेस्रो स्थान हासिल गरेसँगै आर्मीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त  गरेको छ । सेमिफाइनलमा आर्मी नेपाल एपिएफ क्लब तथा पुलिस चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लबसँग पराजित भएका थिए ।