चैत्र ११, २०८२ बुधबार | ११:३७:३५
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डलाई याक एन्ड यतिको साथ

काठमाडौं । २० औं सस्करणको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड होटल याक एण्ड यतिको लाल दरबार हलमा हुने भएको छ । नेपालको बहुप्रतिष्ठित पाँचतारे होटल याक एन्ड यति र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच कार्यक्रमको मुख्य आयोजनास्थल सम्बन्धी सम्झौता भएको हो  ।

सम्झौता पत्रमा याक एन्ड यतिका महाप्रबन्धक मोनिका साइब्लावर र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरे । सम्झौताअनुसार होटल याक एन्ड यति माघ २८ गते हुने स्पोर्टस अवार्डको हस्पिटालिटी पार्टनरको रूपमा रहनेछ ।

सम्झौतापछि महाप्रबन्धक साइब्लावरले नेपाली खेलाडीलाई पुरस्कृत गर्ने यो प्रतिष्ठित अवार्ड कार्यक्रममा जोडिन पाउँदा गर्व लागेको बताइन् ।

विगतमा मञ्चले ठूलो संख्याको दर्शकमाझ अवार्ड कार्यक्रम गर्दै आएकोमा यस पटक फरक स्वरुपमा प्रस्तुत गर्ने क्रममा पाँचतारे होटल रोजेका हौं,’ मञ्चका अध्यक्ष सुवेदीले भने ‘यसले नयाँ रूपले अवार्डलाई वढाउन सहयोग पुग्ने विश्वास लिएका छौं ।’

 विभिन्न ९ विधामा हुने अवार्ड कार्यक्रमको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भइसकेको छ । त्यसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ पिपल्स च्वाइसको प्रतिस्पर्धामा छन् ।

होटल याक एन्ड यतिकी महाप्रबन्धक मोनिका साइब्लावर र नेपाल खेलकुद पत्रकार(एनएसजेएफ)का अध्यक्ष दुर्गानाथ सुवेदी सम्झौता पत्रमा हस्ताक्षर गर्दै

यस विधाको विजेता ई-सेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।

 स्पोर्टस अवार्ड २०७९ का लागि प्रदान गरिने अन्य विधामा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड,लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड छन् ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् । वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ ।

मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड पाउने व्यक्तित्वको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ । यस वर्ष पनि स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनीको बजाज पल्सर मोटरसाइकल रहनेछ ।

अन्य सह-प्रायोजक तथा सहयोगीमा ई-सेवा, सूर्य नेपाल प्रालि, सुबिसु, प्लाजा ग्रुप अफ होटल, रोयल सिंगी होटल, लालपूर्जा नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) रहेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो