टाइगर कप भलिबल प्रतियोगिता

गण्डकीसँग पराजित भए पनि हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली गण्डकी प्रदेशसँग ३-२ को सेटमा पराजित भए पनि हेल्प नेपाल स्पोर्टस क्लब टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ । 

पोखरा रंगशालास्थित कोर्टमा बुधबार पहिलो सेट १९-२ ले गुमाएको हेल्प नेपालले दोस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा गण्डकी २५-१७ ले विजयी हुँदा चौथो सेटमा २५-२२ ले जित्दै हेल्प नेपालले खेललाई पाँचौ सेटसम्म पुर्यो ।

पाँचौं सेटमा गण्डकीले १५-१२ को जित दर्ता गर्यो । पहिलो जितसँगै समूह ‘ए’ को गण्डकीले दुई अंक जोड्यो । हारका बाबजु एक अंक प्राप्त गरेको हेल्प नेपालले चार अंकका साथ सेमिफाइनमा स्थान सुरक्षित गर्यो ।

गण्डकीले अन्तिम खेलमा आर्मीसँग प्रतिस्पर्धा गरेपछि मात्र सेमिफाइनल पुग्ने पक्का हुनेछ । हेल्प नेपालले यसअघि आर्मीलाई हराएको थियो । पहिलो दिन स्थगित भएको गण्डकी र आर्मीको खेल भने हालसम्म तय भएको छैन ।

समुह चरणको अन्तिम खेलमा श्रीलंका आर्मीलाई ३-१ को सेटमा पराजित गरे पनि नेपाल पुलिस क्लब समूह चरणबाटै बाहिरियो ।

श्रीलंका आर्मी र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै 

पुलिसले निकै प्रतिस्पर्धात्मक पहिलो सेट ४१-३९ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट १३-२५ ले गुमाएको पुलिसले त्यसपछिका दुई सेटमा २५-२० र २५-१७ को जित निकाल्यो ।

समूह ‘बी’ मा एपिएफ, श्रीलंका आर्मी र पुलिसको समान ३ अंक भएपनि सेटको अन्तरमापछि पर्दा पुलिस बाहिरिएको हो ।

महिलातर्फ भने सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ‘ए’ बाट सविक विजेता नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबतथा समूह ‘बी’ बाट चन्द्रागिरी नगरपालि न्यु डायमन्ड स्पोर्टस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् ।

बुधबार नै सम्पन्न पहिलो खेलमा घरेलु टोली गण्डकीलाई २५-१६,२५-९, २५-१७ ले स्तब्ध पार्दै एपिएफ समूह विजेता बनेको थियो ।

यसैगरी दोस्रो खेलमा न्यु डायमन्डले हरियाणा टिम इन्डियालाई २५-१७, २५-१८, २५-१६ ले स्तब्ध बनाएको थियो ।

सेमिफाइनलमा एपिएफ र आर्मी तथा न्यु डायन्ड र पुलिस भिड्नेछन्।