मेयर कप रात्री कालिन टेबल टेनिस प्रतियोगिता

भेट्रान्स टिम इभेन्ट्समा वडा नम्वर १६ लाई स्वर्ण


ललितपुर । चौथो मेयर कप रात्री कालिन टेबल टेनिस प्रतियोगिताको दोस्रो दिन भेट्रान्स टिम इभेन्ट्समा वडा नम्वर १६ ले स्वर्ण पदक जितेको छ ।
 

मंगलबार सम्पन्न फाइनलमा वडा नम्वर १६ ले वडा नम्बर २० लाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । ऋतम शाक्य,राजेन्द्र श्रेष्ठ,राजु शाक्य,सुशिल बज्राचार्य र प्रकाश धाख्वाको टिमले स्वर्ण जितेको हो । 

ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्ल बहःखाद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत मंगलबार  भएको मेन्स टिम इभेन्टसका खेलहरुमा वडा नम्वर ७ ले वडा नम्वर १६ लाई ३–१ तथा वडा नम्वर १२ ले ८ वडालाई ३–१ ले पराजित गरी फाइनलमा पुगेका छन् ।
 

यी दुईबीचको फाइनल खेल बुधबार  हुनेछ । फ्लड लाइटको प्रकाशमा सञ्चालन हुने रात्री कालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमा रहँदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमा चिनिन्छ ।

१३ वटा इभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।