एसियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल

एसियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचालः भारतका सुभयान च्याम्पियन

काठमाडौं । भारतका सुभयान कुन्डुले एसियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन्।

२ हजार ३ सय ९३ रेटेड खेलाडी सुभयानले नौ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबरीको नतिजासहित ७.५ जोडे । उनले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।

अन्तिम खेल बराबरी गरे पनि च्याम्पियन बन्ने अवस्थामा सुभयान २ हजार २ सय १७ रेटेड बंगलादेशका एफएम सरिफ होसेनमाथि जित हात पार्दै एकल विजेता बने।

नेपाल बुद्धिचाल महासंघको तत्वबधानमा नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न यस प्रतियोगितामा समान७ अंक जोड्दै दोश्रो स्थान भएका मिनहाज उद्दिनले ७५ हजार तथा तश्रो स्थान हासिल गरेका भारतका एफएम अरबिन्दर प्रित सिंले ४० हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी प्रतियोगितामा बंगलादेशका मोहम्मद सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आइएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमाले क्रमशः चौथौं देखि दशौं स्थान हासिल गरे । सबैले ६.५ अंक जोडेका थिए ।