स्ट्याग ग्लोबल च्याम्पियनसिप लिग

स्ट्याग ग्लोबल च्याम्पिन्स लिग मंगलबारदेखि हुने

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको पहिलो संस्करण हुने भएको छ ।

स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मंसिर १९ देखि २३ गतेसम्म हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक भारतको स्ट्याग ग्लोबल प्रा.लि छ । मुख्य प्रायोजकले प्रतियोगितालाई आवश्यकता पर्ने  टेबल टेनिस टेबल, बल, स्कोर बोर्ड, ट्वाबेल बक्स, अफिसियल किट लगायतका सम्पूर्ण सामग्रीहरु प्रदान गर्नेछ ।

यसैगरी सह प्रायोजकमा मेटल सेपरले प्रतियोगिताको रनिङ ट्रफी र कुल अनुमानित बजेटको (१५ प्रतिशत, २ लाख पचासी हजार रुपैयाँ) प्रदान गर्नेछ । यसैगरी समाजसेवी सुमन खड्गी १ लाख रुपैयाँ तथा अनर मोबाइल कम्पनीले दुई वटा मोबाइल उपलब्ध गराउने भएका छन् ।

प्रतियोगिता व्यवस्थापक तेजेन्द्रसिंह महरले खेलाडीको वरीयतामा पनि असर गर्ने भएकाले प्रतियोगिता प्रतिस्पर्धात्मक हुने आशा गरेको बताए ।

‘खेलाडीले अंक गुमाउँदा वरीयतामा पनि असर गर्ने हुनाले प्रतियोगिता प्रतिस्पर्धात्मक हुने आशा गरेका छौ,’ महरले भने,‘ हामी आगामी वर्ष पनि यसलाई निरन्तरता दिनेछौं ।’

पाँच दिनसम्म हुने प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित एभिएम टेबल टेनिस क्लब, कान्तिपुर भ्याली पिङ पोङ क्लब,नागाउँ स्पोर्टस क्लब, गुड स्पिन टेबल टेनिस एकेडेमी, ज्ञानवैरभ डिल्लीबजार टेबल टेनिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको सहभागिता रहनेछ ।

सहभागी नौ मध्ये पाँच टिमले प्रतियोगिताको नियम अनुसार एक पुरुष र एक महिला विदेशी खेलाडी समावेश गरेका छन् ।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख रुपैया रहेको छ । प्रतियोगितामा पहिलो हुने टोलीले २ लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यसैगरी सेमिफाइनल पुग्ने दुवै टोलीले पचास हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुर भ्याली पिङ पोङ क्लब र नागाउँ स्पोर्टस क्बल भिड्नेछन् । एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

आयोजक स्ट्याग च्याम्पियन टेबल टेनिस एकेडेमीकी कार्यकारी निर्देशक तथा राष्ट्रिय टेबल टेनिस खेलाडी नविता श्रेष्ठले निरन्तरता दिन सकन्छि भन्ने विश्वासहित प्रतियोगिता सुरु गरिन लागेको बताइन् ।

‘ आगामी वर्ष पनि निरन्तरता दिन सकिन्छ भन्ने विश्वासले नै हामीले प्रतियोगिता सुरु गर्न लागेका हौं’ श्रेष्ठले भनिन् ,‘ खेलाडीलाई एक्पोजर मिलोस भनेर नै एक टोलीमा दुई विदेशी राख्न पाउने नियम बनाएका हौं।

यस्ताे छ खेल तालिका