कोपा डेल रे

बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

मड्रिड । ओसामाने डेम्बेलेको निर्णायक गोलप्रेरित बार्सिलोना बुधबार रियाल सोसिडाडलाई १-० ले पराजित गर्दै कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ । 

घरेलु मैदान क्याम्प नोउमा खेलको सुरुआतबाटै सोसिडाडमाथि दबाब बढाए पनि बार्सिलोनाले गोल खाता खोल्न भने दोसो हाफसम्म पर्खनु परेको थियो ।

५२औं मिनेटमा डेम्बेलेले गरेको गोल बार्सिलोनाको सेमिफाइनल यात्राका लागि पर्याप्त बन्यो । 

यसअघि ४०औं मिनेटमा मेन्डिज रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि सोसिडाडले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले शनिबार जिरोनाको सामना गर्नेछ भने सोसिडाडले आइतबार सान्टियागो बर्नाबेउमा रियाल मड्रिडको सामना गर्नेछ ।

त्यस्तै ओसासुनाले पनि सेभियामाथि २-१ को जितसहित सेमिफाइनलमा स्थान बनायो ।

आज हुने अन्य क्वार्टरफाइनलमा रियाल र एट्लेटिको मड्रिड तथा भ्यालेन्सिया र एथ्लेटिक बिल्बाओ आमने सामने हुँदैछन ।