च्याम्पियन्स लिग

लिभरपुललाई बदला लिने अवसर

पेरिस ।  गत सिजनका विजेता रियाल मड्रिड र उपविजेता लिभरपुल यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा आमने सामने हुने भएका छन् ।

युइएफएले सोमबार सार्वजनिक गरेको खेल तालिकामा योर्गान क्लोपको टोलीले रियाललाई प्रतिद्धन्द्धीको रुपमा पाएको हो ।

गत सिजन रियालले फाइनलमा लिभरपुललाई १-० को नतिजा सुम्पिएको थियो ।

साबिकको विजेता रयाल मड्रिडसँग अन्तिम १६ मा भेट पक्का भएसँगै लिभरपुलसामु गत सिजन व्यहोरेको हारको बदला लिने अवसर मिलेको छ । 

यता बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन(पिएसजी) को सामना गर्नेछ । यी दुई टोली सन् २०२० मा फाइनलमा भिडेका थिए । जहाँ बायर्नले उपाधि जितेको थियो ।

त्यस्तै अन्तिम १६ को अन्य खेलमा क्लब ब्र्रुजले बेन्फिकाको सामना गर्दा म्यानचेस्टर सिटीले आरबी लाइपजिकविरुद्ध खेल्नेछ । यता चेल्सीले बोरुसिया डर्टमन्ड,नेपोलीले फ्रयांकफर्ट, एसी मिलानले टोटनहम र इन्टर मिलानले एफसी पोर्टोको सामना गर्नेछ ।

अन्तिम १६ को पहिलो लेगका खेलहरु फेर्बुअरी र दोस्रो लेग मार्चमा हुनेछ ।