इङ्लिस प्रिमियर लिग

एस्टन भिल्ला र नटिङघमले अंक बाँडे

लन्डन । एस्ले योङको गोलमा एस्टन भिल्लाले सोमबार इङलिस प्रिमियर लिगमा नटिङघम फरेस्टसँग १-१ को बराबरी खेलेको छ ।

१५औं मिनेटमा इमानुअल डेनिसको गोलमा एस्टन भिल्लाले अग्रता लिएको थियो । २२औं मिनेटमा योङले एस्टन भिल्लालाई खेलमा फर्काएका थिए । । 

लगातारको खराब प्रदर्शनपछि बर्खास्तगीको संघारमा रहेको भनिए पनि नटिङघमले एस्टन भिल्लाविरुद्धको खेल अघि मात्र प्रशिक्षक स्टिभ कुपरसँग नयाँ सम्झौता गरेको थियो । 

एस्टन भिल्ला नौ खेलमा नौ अंकसहित १६औं स्थानमा छ भने नटिङघम नौ खेलमा पाँच अंकसहित १९औं स्थानमा छ । नटिङघमले जारी लिगमा एक जित,दुई बराबरी र ६ हारको नतिजा ल्याएकोे छ भने एस्टन भिल्लाले नौ खेलमा दुई खेल जितेको छ भने,तीन खेल बराबरी र चार हार व्यहोरेको छ ।

एस्टन भिल्ला पछिल्लो चार खेलमा भने अपराजित रहँदै आएको छ ।