साफ महिला च्याम्पियनसिप

‘हामी ऐतिहासिक जितभन्दा एक कदममात्र पछाडी छौं,’ मेयर बालेन्द्र साह

तस्विर: बालेन्द्र साहको फेसबुकबाट

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज (सोमबार) नेपालले उपाधिका लागि बंगलादेशको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका पाँच बजेदेखि सुरु हुनेछ । फाइनलअघि दुवै देशका प्रशिक्षक र कप्तानले उपाधिका लागि आ-आफ्नै दावी र रणनीति प्रस्तुत गरेका छन् ।

फाइनलअघि नेपाली टिमलाई काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) ले सुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली टिम ऐतिहासिक जितभन्दा एक कदममात्र पछि रहेको र आजको जितबाट महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेमा आफू विश्वस्त रहेको लेखेका छन् ।

‘हामी ऐतिहासिक जितभन्दा एक कदममात्र पछाडी छौं, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ । जितका लागि सम्पूर्ण टिममा सुभकामना । जय नेपाल,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाल लगातार दोस्रो र समग्रमा च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । यता, बंगलादेशले भने दोस्रो पटक फाइनलसम्मको यात्रा तय गरेको हो ।

च्याम्पियनसिपको पाँचौ संस्करणसम्म एकमात्र विजेता बनेको भारत यसपटक भने सेमिफाइनलबाटै घर फर्किसकेको छ । यसैकारण फाइनलअघि नै छैटौं संस्करणले भारतबाहेक नयाँ विजेता पाउने नयाँ इतिहास बनाइसकेको छ ।