साफ यु १७ च्याम्पियनसिप

नेपाली युवा टोलीलाई राजदुत मिश्रको शुभकामना

काठमाडौं । भारतविरुद्ध साफ यु १७ च्याम्पियनसिपको फाइनलको तयारीमा रहेको नेपाली युवा टोलीलाई श्रीलंकका लागि नेपाली राजदुत वासुदेव मिश्रले शुभकामना दिएका छन् । 

कोलम्बोस्थित नेपाली टोली रहँदै आएको होटल समुद्र ताजमा पुगेर मिश्रले नेपाली टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।

मिश्र सोमबार श्रीलंकाविरुद्ध ६–० को जित निकालेको खेलमा पनि नेपाली टोलीको हौसता बढाउन रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडिययमा उपस्थित थिए ।

‘मैले श्रीलंकाविरुद्ध तपाईहरुले गरेको प्रदर्शन हेरे, खेल निकै राम्रो थियो,’ मिश्रले भने, ‘आज भारतविरुद्ध पनि जित्नु हुन्छ भन्ने विश्वास छ । नेपाली समर्थकले तपाईबाट धेरै ठूलो आशा राखेका छन् । त्यसलाई साकार पार्नुहोस्,शुभकामना । ’

सोही कार्यक्रममा मिश्रले अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दिपक खतिवडा र केन्द्रिय सदस्य टिका लामासँग पनि भेट गरेका थिए ।