यु २० साफ च्याम्पियनसिप

यु २० साफः श्रीलंकाविरुद्ध पहिलो खेलकै सेटलाई निरन्तरता

काठमाडौं । यु २० साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलका लागि नेपाली यु २० टिमको पहिलो रोजाई सार्वजनिक भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षकले पहिलो खेल (बंगलादेश) कै टिमलाई श्रीलंकाविरुद्ध पनि निरन्तरता दिएका छन् । लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको नेपाली टिम आयुश घलानको कप्तानीमा मैदान उत्रदैछ ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गरेको थियो । एक खेलबाट तीन अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट ६ अंक जोडेको बंगालादेश शीर्ष स्थानमा छ ।

नेपालले जुलाई ३१ मा भारतसँग र अगस्ट दुईमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ । राउण्ड रोविन लिग पद्दतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल अगस्ट पाँचमा हुने तालिका छ ।

नेपालको सुरुआती ११  

इश्वर गुरुङ (गोलकिपर), आयुश घलान (कप्तान), अजय चौधरी, अमर श्रेष्ठ, कृतिश रत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइबा, सुगम सुवाल र सन्दिप कार्कीले स्थान पाएका छन् ।