युइएफए नेसन्स लिग

फ्रान्स अझै जितविहिन

पेरिस । साविक विजेता फ्रान्सले युइएफए नेसन्स लिगको चौथो खेल खेल्दासम्म जितविहिन बनेको छ । प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा फ्रान्स क्रोएसियासँग घरेलु मैदानमै १–० ले पराजित भयो ।

क्रोएसियाको जितमा कप्तान लुका मोड्रिचले निर्णायक गोल गरे । मोड्रिचले खेलको पाँचौ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गरेका थिए ।

नेसन्स लिगमा चार खेल खेल्दा फ्रान्सले दुईमा बराबर र दुई खेलमा हारको नतिजा आत्मसाथ गरेको छ । दुई अंक जोडेको फ्रान्स समूह ए१ को पुछारमा छ ।

यस्तै, समान खेलबाट दुईमा जित, एकमा बराबर र एक खेलमा जितको नतिजा निकालेको क्रोएसिया तालिकाको दोस्रो स्थानमा छ । चार खेलबाट नौ अंक जोडेको डेनमार्क यो समूहको शीर्ष स्थानमा छ ।