युरोपा लिगको

वेस्ट हम ४६ वर्ष पछि युरोपियन प्रतियोगिताको सेमिफाइनलमा

लन्डन । वेस्ट हमले ४६ वर्ष पछि युरोपियन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

बिहीबार वेस्ट हमले क्वार्टरफाइनल दोस्रो लेगमा लियोनलाई ३-० ले पराजित गर्दै  युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । 

३८औं मिनेटमा क्रायग डासनको गोलमा वेस्ट हमले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि डेक्लान राइसले वेस्ट हमको अग्रता दोब्बर पारेका थिए ।

४८औं मिनेटमा जारोड बावेनले वेस्ट हमका लागि तेस्रो गोल गरे । सो गोल वेस्ट हमले समग्रमा ४-१ को नतिजा निकाल्दै फ्रयांकफर्टसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।पहिलो लेगमा यी दुई टोलीले १-१ को बराबरी खेलेका थिए । 

त्यस्तै एट्लान्टालाई निराश पार्दै जर्मन बुन्डेसलिगाको क्लब आरबी लिगजिकले पनि युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ । बिहीबार सम्पन्न क्वार्टरफाइनल दोस्रो लेगमा लिपजिकले २-० को जित निकाल्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको लिपजिक समग्रमा ३-१ को जितसहित अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यस्तै रेन्जर्सले युरोपा कपको सेमिफाइनलमा स्थान बनाउने क्रममा एसी ब्रागालाई दोस्रो लेगमा ३-१ ले हरायो । पहिलो लेगमा १-० को जित निकालेको   ब्रागाले दोस्रो लेगमा भने अग्रता कायम राख्न सकेन । रेन्जर्सले समग्रमा ३-२ को नतिजाका निकाल्यो ।