बार्सिलोना

मेसीसँग तुलना गर्नु मूर्खता होः पेड्री

बार्सिलोना । स्पेनिस मिडफिल्डर पेड्री गोन्जालेजले युरोपा लिगमा गालाटासेरेविरुद्ध गरेको ‘सोलो गोल’ लाई अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको गोलसँग तुलना गर्नु मूर्खता भएको बताएका छन् ।

बिहीबार भएको युरोपा लिगको दोस्रो लेगमा गालाटासेरेमाथि २–१ को जित निकाल्दा बार्सिलोनाबाट पेइरी इमरिक औबामयाङसँगै १९ वर्षीय पेड्रीले उत्कृष्ट ‘सोलो गोल’ गरेका थिए ।

यसअघि भएको पहिलो लेगमा गालाटासेरेसँग गोलरहित बराबरीमा रोकिए पनि दोस्रो लेगमा जित निकालेपछि बार्सिलोनाले प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको थियो ।

‘मलाई गोलको बारेमा याद छैन । त्यसैले त्यो कसरी भएको थियो बुझ्न मैले गोलको भिडियो दोहो¥याएर हेर्नुपर्छ,’ उनले भने, ‘फेरान टोरेसले पास दिएका थिए । उक्त बललाई प्रहार गर्ने सोचें पनि डिफेन्समा विपक्षी खेलाडीलाई देखेपछि उसलाई झुक्याउन प्रहारको नाटक मात्र गरे । दोस्रो पटक पनि प्रहारको नाटक गरे र पोस्टको दिशाका लागि मैले ग्याप देखेपछि मात्रै प्रहार गरे । तर, मेरो एउटा गोल मेसीसँग तुलना गर्नु मूर्खता हो ।’