सहिद स्मारक ‘ए’ डिभिजन लिग

निरजको गोलमा संकटालाई अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलमा संकटा क्लबले नेपाल पुलिस फुटबल क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा संकटाले १८औं मिनेटमा रक्षक निरज बस्नेतको गोलमा अग्रता लिएको हो । मिडफिल्डर लक्ष्मण रुचालको कर्नर प्रहारमा निरजले डाइभिङ हेडरमार्फत बललाई पोस्टको दिशा दिएका थिए । 

जारी लिगको यो ५०औं गोल हो ।

संकटा र पुलिस समान तीन खेलमा समान एक जित र दुई बराबरीको नतिजा पनि समान पाँच अंकसहित क्रमशः पाँचौ र छौटौं स्थानमा छन् ।

चार खेलमा १० अंक बटुलको मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ भने मनाङ मस्र्याङदी दोस्रो स्थानमा छ । आठ अंक जोडेको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रहँदा सात अंक बटुलेको सातदोबाटो युथ क्लब चौथो स्थानमा छ ।