एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता

एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताः महिलातर्फ ६ र पुरुषतर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ ६ टोली र पुरुषतर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुस ६ देखि १४ सम्म हुने प्रतियोगितामा महिलातर्फ नेपाल सहित आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान र पुरुषतर्फ नेपाल सहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान छन् ।

राउन्ड रोबिन पद्धतिमा हुने खेलमा शीर्ष  दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि नेपाली महिला टोलीले बंगलादेशमा नै भएको सेन्ट्रल जोनको पहिलो संस्करणमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा  हराएर ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।

नेपालमै भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा पुरुष टोली समूह चरणबाटै बाहिरिएको थियो ।

समूह चरणमा किर्गीस्तान र माल्दिभ्ससँग ३-० को सोझो सेटमा पराजित भएको नेपालले प्ले अफमा अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै नेपाली पुरुष टोलL पाँचौं स्थानमा सिमित भएको थियो ।

प्रतियोगिताको लागि नेपाली महिला तथा पुरुष टोलीको घोषणा भइसकेको छ ।