सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा थ्री स्टार र एपिएफ गोलरहित बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलमा थ्री स्टार क्लब र एपिएफले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । 

११औं मिनेटमा आभास लामिछानेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाएपछि एपिएफले अग्रता लिने अवसर गुमाएको थियो ।

२९औं मिनेटमा रक्षक मिडफिल्डर हेमन्त थापामगरको फ्रिकिकमा राफइल रिमको हेडर बाहिरिँदा थ्री स्टारले अग्रता लिने अवसर खेल फाल्यो ।

त्यसको एक मिनेटपछि नै एपिएफका आशिष लामाको फ्रिकिक थ्री स्टारका गोलकिपर प्रिसोले मुस्कुलले जोगाएका थिए ।

४२औं मिनेटमा हेमन्तको कर्नर अन्तत तमाङको हेडरले पोस्टको दिशा लिन सकेन । 

तीन खेलको समाप्तीमा समान एक जित, हार र बराबरीपछि थ्री स्टारको चार अंक छ भने एपिएफ तीन खेलमा जितविहिन छ ।