सहिद स्मारक ‘सी’ डिभिजन लिग

लगातार दोस्रो जितको लक्ष्यमा समाज कल्याण र पुल्चोक

समाज कल्याण

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार समाज कल्याण खेलकुद केन्द्र र पुल्चोक स्पोर्टस क्लब लगातार दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो १ बजे समाज कल्याणले रानीवन स्पोर्टस क्लबको सामना गर्नेछ ।

समाज कल्याणले पहिलो खलमा मनोहरा युनाइटेड युवा क्लबलाई ५-० ले पराजित गरेको थियो। यता रानीवन पनि पहिलो जितको लक्ष्यमा छ ।

रानीवन पहिलो खेलमा महावी स्ट्डिज एण्ड एथलेटिक्स एसोसिएसनसँग १-१ को बराबरीमा रोकिएको थियो ।

पुल्चोक

यसैगरी दिउँसो ४ः१५ बजे सुरु हुने खेलमा पुल्चोकले स्वयम्भु क्लबको सामना गर्नेछ ।  पुल्चोकले पहिलो खेलमा सामाजीक युवा क्लबलाई ३-० ले पराजित गरेको थियो ।

यता स्वयम्भु पहिलो जितको खोजीमा छ । स्वयम्भु पहिलो खेलमा गोलबजार स्पोर्टस क्लबसँग २-२ को बराबरीमा रोकिएको थियो ।