इङ्लिस प्रिमियर लिग

बर्नेलीका प्रशिक्षक कोम्पनीलाई दुई खेलको प्रतिबन्ध

काठमाडौं । इङ्लिस क्लब बर्नेलीका प्रशिक्षक भिन्सेन्ट कोम्पनीलाई दुई खेलको प्रतिबन्ध लागेको छ । मार्च ३० मा चेल्सीविरुद्धको खेलमा कोम्पनीले रातो कार्डको सामना गरेका थिए ।  

‘यो सिजन प्रिमियर लिगमा रेफ्रीको स्तर राम्रो छैन,’ खेलपछि कोम्पनीले भनेका थिए । यसैगरी कोम्पनीलाई १० हजार पाउन्ड जरिवाना पनि गरिएको छ ।

पेनाल्टी क्षेत्रमा चेल्सीका मिखाइलो मुड्रिकलाई फाउल गरेपछि खेलको ४०औं मिनेटमा रक्षक लोरेन्ज असाइननलाई दोस्रो पहेँलो कार्ड देखाइएको थियो। रेफ्रीको उक्त निर्णयपछि विवादमा उत्रिएपछि कोम्पनीले पनि रातो कार्डको सामना गरेका गरेका थिए । 

कोम्पनी अप्रिल १३ मा हुने ब्राइटन र अप्रिल २० मा हुने सेफिल्ड युनाइटेडविरुद्धको खेलमा टच लाइनमा देखिने छैनन् ।