ओसन कप यु-१३ राष्ट्रिय फुटबल

ओसन कपः क्यासीको दोहोरो जित

सांकेतिक तस्बिर

गोर्खा। द ओसन क्लबको आयोजनामा  सुरु भएको ओसन कप यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको नवौं संस्करणको पहिलो दिन क्यासी स्पोर्टस एकेडेमीले दोहोरो जित निकालेको छ ।

गोर्खा नगरपालिका ९ स्थित आयोजकको घाँसे मैदानमा भएको पहिलो खेलमा क्यासीले थ्री स्टार क्लबमाथि ३-१ को  जित निकाल्यो ।

यसैगरी दोस्रो खेलमा क्यासीले साविक विजेता नव जन जागृति युवा क्लबलाई ५-३ ले हरायो । 

अन्य खेलमा जन जागृतिले विराटनगर सिटी फुबल क्लबलाई ४-१, वाल्मिकि शिक्षा सदनले समाज कल्याण कल्याण खेलकुद केन्द्रलाई ३-२, हाइली फिल्डर्स गोर्खा एफसीले वालिङ युनाइटेड एफसीलाई ३-० ले पराजित गरे ।

यसैगरी थ्री स्टारले हाइली फिल्डर्सलाई ४-० तथा विराटनगरले वालिङ र काँकरभित्ता फुटबल ट्रेनिङ सेन्टरले ओल्ड क्यापिटल्स सेकेन्डरी स्कुललाई समान ३-० ले हराए ।

लक्ष्मी सामुदायीक शिक्षा सदन र घोढाघोढी फुटबल एकेडेमी २-२ को बराबरीमा रोकिए ।