भ्याली पब्लिक अन्तर विद्यालय फुटसल

सनराइज च्याम्पियन

काठमाडौं । सनराइज तेश्रो एलसिसीआइ-भ्याली पब्लिक अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको नवनिर्मित हलमा सोमबार भएको फाइनलमा सनराइजले वेदव्यासलाई ३-२ ले पराजित गर्यो । सनराइजका सुशान्त राना मगर, प्रश्न सिर्पाली र सक्षम बस्नेतले गोल गरे । वेदव्यासका अनमोल न्यौपाने र लक्ष्मण कार्कीले गोल फर्काए ।

साम्तेन रिपु मर्दिनीलाई २-१ गोलले हराउदै तेश्रो भयो । साम्तेनका अनुराज राई र लाक्पा शेर्पाले गोल गरे । रिपु मर्दिनीका सम्पूर्ण बरामले सान्त्वना गोल गरे ।

प्रतियोगितामा वेदव्यासका अनमोल न्यौपाने सर्वोत्कृष्ट खेलाडी घोषित भए । सनराइजका अंकित घर्ती मगर उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिता अवधिभर २१ गोल गरेका सनराइजका प्रश्न सिर्पाली सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई एलसिसीआइ ग्लोबल क्वालिफिकेसनका बिजनेस डेभ्लोप्मेन्ट म्यानेजर प्रवीण रौनियर, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी, सह–संस्थापक सुनिता अधिकारी, प्रशासन प्रमुख महेश अधिकारी, सल्लाहकार स्वीस्कृति अधिकारी, भाइस प्रिन्सिपल सुशिल वाग्लेलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा आयोजकको दुई सहित १८ टोलीको सहभागिता थियो ।