टोनी क्रुस

क्रुसले संन्यास फिर्ता लिए

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुसले सन् २०२४ को युरोपियन च्याम्पियनसिपका लागि आफ्नो संन्यास फिर्ता लिएका छन् ।

३४ वर्षीय क्रुस सन् २०१४ मा विश्व कप जित्ने जर्मनीको टोलीका सदस्य क्रुसले सन् २०२१ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि देशका १०६ खेल खेलेका थिए ।  

क्रुसले जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानसँगको वार्तापछि संन्यासको निर्णय फिर्ता लिएको बताएका छन् ।

‘म मार्चबाट फेरि जर्मनीको लागि खेल्नेछु। किनभने मलाई प्रशिक्षकले सोधेका थिए र म यसको लागि तयार छु,’ क्रुसले इन्स्टाग्राममा पोस्ट गरेका छन् । मलाई विश्वास छ,  युरोपेली च्याम्पियनसिपका लागि टोलीमा स्थान बनाउनेछु ।’

सन् २०२४ काे युराेपियन च्याम्पियनसिप जर्मनीमै हुँदैछ ।