माघ १४, २०८२ बुधबार | १८:१६:०४
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

एरिका सम्मानित

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले चीनको हाङजाउमा भएको १९औं एसियन गेममा नेपाललाई रजत पदक हासिल गर्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा एरिका लागि ‘खेलाडी सम्मान’ अन्तर्गत २५ हजार रुपैयाँसहित सम्मानित गरेको हो । एरिकालाई विभिन्न खेल संस्था, खेलाडीहरु र संघ संस्थाका अगुवाहरुकोतर्फबाट नगद, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।  

यस्तै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री माननीय वेदबहादुर गुरुङ (श्याम)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ‘स्व.पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार, कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुमबहादुर गुरुङ ,‘स्व.धनबहादुर स्मृति पुरस्कार’ लमजुङ, घाम्राङका साहित्यकार केयरसिं गुरुङलाई, ‘स्व. क्या. मिनबहादुर स्मृती पुरस्कार’कलाकार मनबहादुर गुरुङ (माधव), ‘लालशोभा उत्कृष्ट आमा अवार्ड’ चितवन, माडीकी शान्तामाया गुरुङ र ‘उच्च शिक्षा पुरस्कार’ गोर्खा, सिरानचोकका ई. टकबहादुर गुरुङलाई प्रदान गरिएको थियो ।

वार्षिकोत्सवमा सम्मातिन तथा उपस्थित ब्यक्तिहरू

ग्रामिण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत नेपालका २५ जिल्लाका २५० भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषदाता सहयोगीहरुको कोषबाट छात्रवृत्ति वितरण गरिरहेको प्रतिष्ठानलाई आगामी वर्षदेखि थप  नौ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि तमु धिं युके, तमु धिं बेल्जियम लगायत विभिन्न दाताहरुले ११ लाख २५ हजार रुपैया अक्षयकोष रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व कृषि मन्त्री वेदबहादुर गुरुङ (श्याम)ले शुभकामना व्यक्त गर्नुहुदै तमु साँस्कृतिक प्रतिष्ठान एक उत्कृष्ट संस्था रहेको बताए। उनले राज्यले गर्न नसकेको कार्य तमु संस्कृतिक प्रतिष्ठानले गरेको र दक्ष युवा स्वदेशमै केही गर्ने युवाहरु निर्माण आजको आवश्यकता रहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष चित्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, सम्मानित हुमबहादुर गुरुङ र एरिका गुरुङले आफ्नो मन्तव्य राखेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।