चैत्र ६, २०८२ शुक्रबार | ०३:३४:३५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एरिका सम्मानित

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले चीनको हाङजाउमा भएको १९औं एसियन गेममा नेपाललाई रजत पदक हासिल गर्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा एरिका लागि ‘खेलाडी सम्मान’ अन्तर्गत २५ हजार रुपैयाँसहित सम्मानित गरेको हो । एरिकालाई विभिन्न खेल संस्था, खेलाडीहरु र संघ संस्थाका अगुवाहरुकोतर्फबाट नगद, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।  

यस्तै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री माननीय वेदबहादुर गुरुङ (श्याम)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ‘स्व.पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार, कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुमबहादुर गुरुङ ,‘स्व.धनबहादुर स्मृति पुरस्कार’ लमजुङ, घाम्राङका साहित्यकार केयरसिं गुरुङलाई, ‘स्व. क्या. मिनबहादुर स्मृती पुरस्कार’कलाकार मनबहादुर गुरुङ (माधव), ‘लालशोभा उत्कृष्ट आमा अवार्ड’ चितवन, माडीकी शान्तामाया गुरुङ र ‘उच्च शिक्षा पुरस्कार’ गोर्खा, सिरानचोकका ई. टकबहादुर गुरुङलाई प्रदान गरिएको थियो ।

वार्षिकोत्सवमा सम्मातिन तथा उपस्थित ब्यक्तिहरू

ग्रामिण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत नेपालका २५ जिल्लाका २५० भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषदाता सहयोगीहरुको कोषबाट छात्रवृत्ति वितरण गरिरहेको प्रतिष्ठानलाई आगामी वर्षदेखि थप  नौ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि तमु धिं युके, तमु धिं बेल्जियम लगायत विभिन्न दाताहरुले ११ लाख २५ हजार रुपैया अक्षयकोष रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व कृषि मन्त्री वेदबहादुर गुरुङ (श्याम)ले शुभकामना व्यक्त गर्नुहुदै तमु साँस्कृतिक प्रतिष्ठान एक उत्कृष्ट संस्था रहेको बताए। उनले राज्यले गर्न नसकेको कार्य तमु संस्कृतिक प्रतिष्ठानले गरेको र दक्ष युवा स्वदेशमै केही गर्ने युवाहरु निर्माण आजको आवश्यकता रहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष चित्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, सम्मानित हुमबहादुर गुरुङ र एरिका गुरुङले आफ्नो मन्तव्य राखेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो