एएफसी एसियन कप

दक्षिण कोरियाको विजयी सुरुआत

काठमाडौं । बहराइनलाई ३-१ ले स्तब्ध बनाउँदै उपाधि दावेदार दक्षिण कोरियाले एएफसी एसियन कपमा विजयी सुरुआत गरेको छ ।

कतारको जसिम बिन हमाद रंगशालामा सोमबार कोरियालाई जित दिलाउन ली काङ्ग इनले दुई तथा ह्वान इन बिओम एक गोल गरे । बहराइनका लागि अब्दुल्लाह अल हुयासले एक गोल फर्काए ।

जितसँगै कोरियाले तीन अंक जोड्दा बहराइनले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।  

खेलको ३८ औं मिनेटमा बिओमको गोलमार्फत कोरियाले अग्रता लिएको थियो । ५१ औं मिनेटमा ह्यासले बहराइनलाई बराबरीमा ल्याए ।

पाँच मिनेटपछि नै इनले कोरियालाई २-१ ले अगाडि बढाए । ६८ औं मिनेटमा इनले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।