फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता

फेका कपः गेटवे च्याम्पियन

काठमाडौं । गेटवे एकेडेमी १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्धारा आयोजित प्रतियोगिताको फाइनलमा आइतबार गेटवेले पूर्वविजेता न्यु स्टार पोलविरुद्ध १-० को कठिन जित निकाल्यो । गेटवेलाई पहिलो च्याम्पियन बनाउन प्रतिक रायमाझीले गरेको १ मात्र गोल निर्णायक बन्यो ।

मुलपानीमा तेश्रो स्थानका लागि भएको खेलमा अक्षरिकाले हाइली क्रिएटिभलाई २-१ ले हरायो । शीर्ष चार टोलीले  ४० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

गेटवेका लक्ष्मण उप्रदी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता चुनिए । प्रतियोगिता भर लक्ष्मणले ७ गोल गरे ।

हाइली क्रिएटिभका रिसुक स्थापित उदीयमान, न्यु स्टारका दीप बोगटी उत्कृष्ट रक्षक अक्षरिकाका रविन मगर उत्कृष्ट मिडफिल्डर, न्यु स्टारका सोमित मण्डल  उत्कृष्ट गोकिपर र गेटवेका सरिन नापित उत्कृष्ट प्रशिक्षक चुनिए ।

 मंसिर २१ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता थियो ।