माघ १५, २०८२ बिहीबार | १४:५०:३९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

भारतमा उपाधि जित्ने सुवास पहिलो नेपाली गल्फर

काठमाडौं ।  नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आइजीयु १ सय २२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि जितेका छन् ।

रोयल कोलकाता गल्फ क्लबमा म्याच-प्ले फर्म्याटमा खेलिएको ३६-होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गरे । पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् । 

सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनैपनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।

चौथो सिडेड सुवास र तेस्रो सिडेड रोहितबीचको पहिलो नौ होलको प्रतिस्पर्धा रोमाञ्चक बन्यो । पहिलो होल सुवासले जिते । तर दोस्रो र आठौं होल जित्दा भारतीय रोहितले नौ होलको समाप्तिमा एक होलको अग्रता बनाए । यसपछि १०औं होल सुबाशले जिते र खेललाई बराबरीमा पुर्याए । १३ औं होलमा सुवासले अग्रता बनाए । तर १४ औं होल फेरि रोहितले जिते । खेल बराबरीमा पुग्यो । यसपछि १५ औं, १६ औं र १८ औं होल आफ्नो पक्षमा पार्दै १८ होलको खेल सकिंदा ३-अपको अग्रता बनाए ।

नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवासले त्यसपछि खेलिएको ११ होलमा एक होलमात्र गुमाए । २० औं होलमा हार बेहोरेका उनले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ४–अप पुर्याए । २४ औं देखि लगातार ४ होल आफ्नो पक्षमा पार्दै सुवास २७ होलको समाप्तिमा ८-अपको अग्रता वनाउन सफल भए ।

२८ औं होल बराबरी भएपछि सुवासले २९ औं होल आफ्नो पक्षमा पार्दै सानदार जित हासिल गरे । यो सन् १८९२ मा सुरूआत भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप  हो ।

सुरुको दुई दिन स्ट्रोक-प्ले फरम्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका लागि छनोट भएका थिए ।  स्ट्रोक-प्लेमा सुवास १-ओभर ७३ र २-अन्डर ७० खेल्दै चौंथो भएका थिए ।

म्याच–प्लेको सुरुआती ३ राउन्डमा भारतीय खेलाडीलाई हराएका सुवासले सेमिफाइनलमा दक्षिण अफ्रिकाका अल्टिन भ्यान डर मर्वेमाथि जित हासिल गरेका थिए ।

नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत २ वर्षदेखि भारतको बेङ्लोरस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् ।

सुवासको यो ऐतिहासिक सफलतामा सहयोग गर्ने संस्थाहरू राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र तरूण सरदेशाई एकेडेमीलाई नेपाल गल्फ संघले धन्यावाद दिएको छ । साथै नेपाल गल्फ संघले डिसेम्बर २१ मा अर्का एमेच्योर खेलाडी राहुल वीकलाई पनि प्रशिक्षणको लागि तरूण सरदेशाई एकेडेमीमा पठाउने जनाएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।