चैत्र ९, २०८२ सोमबार | १८:४९:५०
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

भारतमा उपाधि जित्ने सुवास पहिलो नेपाली गल्फर

काठमाडौं ।  नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आइजीयु १ सय २२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि जितेका छन् ।

रोयल कोलकाता गल्फ क्लबमा म्याच-प्ले फर्म्याटमा खेलिएको ३६-होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गरे । पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् । 

सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनैपनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।

चौथो सिडेड सुवास र तेस्रो सिडेड रोहितबीचको पहिलो नौ होलको प्रतिस्पर्धा रोमाञ्चक बन्यो । पहिलो होल सुवासले जिते । तर दोस्रो र आठौं होल जित्दा भारतीय रोहितले नौ होलको समाप्तिमा एक होलको अग्रता बनाए । यसपछि १०औं होल सुबाशले जिते र खेललाई बराबरीमा पुर्याए । १३ औं होलमा सुवासले अग्रता बनाए । तर १४ औं होल फेरि रोहितले जिते । खेल बराबरीमा पुग्यो । यसपछि १५ औं, १६ औं र १८ औं होल आफ्नो पक्षमा पार्दै १८ होलको खेल सकिंदा ३-अपको अग्रता बनाए ।

नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवासले त्यसपछि खेलिएको ११ होलमा एक होलमात्र गुमाए । २० औं होलमा हार बेहोरेका उनले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ४–अप पुर्याए । २४ औं देखि लगातार ४ होल आफ्नो पक्षमा पार्दै सुवास २७ होलको समाप्तिमा ८-अपको अग्रता वनाउन सफल भए ।

२८ औं होल बराबरी भएपछि सुवासले २९ औं होल आफ्नो पक्षमा पार्दै सानदार जित हासिल गरे । यो सन् १८९२ मा सुरूआत भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप  हो ।

सुरुको दुई दिन स्ट्रोक-प्ले फरम्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका लागि छनोट भएका थिए ।  स्ट्रोक-प्लेमा सुवास १-ओभर ७३ र २-अन्डर ७० खेल्दै चौंथो भएका थिए ।

म्याच–प्लेको सुरुआती ३ राउन्डमा भारतीय खेलाडीलाई हराएका सुवासले सेमिफाइनलमा दक्षिण अफ्रिकाका अल्टिन भ्यान डर मर्वेमाथि जित हासिल गरेका थिए ।

नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत २ वर्षदेखि भारतको बेङ्लोरस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् ।

सुवासको यो ऐतिहासिक सफलतामा सहयोग गर्ने संस्थाहरू राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र तरूण सरदेशाई एकेडेमीलाई नेपाल गल्फ संघले धन्यावाद दिएको छ । साथै नेपाल गल्फ संघले डिसेम्बर २१ मा अर्का एमेच्योर खेलाडी राहुल वीकलाई पनि प्रशिक्षणको लागि तरूण सरदेशाई एकेडेमीमा पठाउने जनाएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो