इङ्लिस प्रिमियर लिग

बराबरीमा रोकिए सिटी र लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी र लिभरपुलले १-१ को बराबरी खेलेका छन् ।

बराबरीसँगै १३ खेलमा २९ अंक जोडेको सिटी शीर्ष स्थानमा छ । लिभरपुल समान खेलबाट २८ अंकका साथ दोस्रो स्थानमा छ ।

घरेलु मैदान इतिहाद रंगशालामा अग्रता जोगाउन नसक्दा सिटी अंक बाँड्न बमध्य बन्यो । 

खेलको २७ औं मिनेटमा एर्लिङ हाल्यान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले नाथन एकेको पासलाई सदुपयोग गरे ।

८० औं मिनेटमा ट्रेन्ट अलेक्सजान्डर आर्नोंल्डले लिभरपुललाई बराबरीमा ल्याए । उनले मोहम्मद सालहको पासलाई पोस्टको दिशा दिए ।