नेपाल सुपर लिग

एनएसएलः दुईजना सहायक रेफ्रीको झण्डा दुईथरि

काठमाडौं  । नेपाल सुपर लिग (एनएसएल) शुक्रबारबाट दशरथ रंगशालामा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नयाँ टोली स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा भइरहेको छ ।

सामान्य तर आकर्षक उद्घाटन समारोहपछि विशेष तामझामका साथ सुरु प्रतियोगिताको पहिलो खेल खेलाइरहेका दुई सहायक रेफ्रीको झण्डा भने त्यसअनुरुप रहेन ।

फिफा सहायक रेफ्रीद्धय माधव केसी र किसन कन्हैया यादवले बोकेका झण्डा फरक थिए । एउटा पुरानो, अर्को नयाँ । अनि बुट्टा पनि फरक ।