भाद्र २७, २०८२ शनिबार | ०९:०३:३५
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

आयोजक रेडियन्टको विजयी सुरुआत

रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबलको उद्घाटन गर्ने क्रममा बल हस्तान्तरण गरिदै

काठमाडाैं । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले श्री नवीन ज्योतिलाई २०-१६ ले पराजित गरेको हो । रेडियन्टका सुशंकेत बनेपालीले ६ अंक जोडे । सोही स्पर्धामा पुष्पसदनले ग्रिन लाउन्सलाई १८-१५ ले हरायो । पुष्पसदनका जेसनले १२ स्कोर गरे ।

सिनियर ब्वाइजमा ज्ञानोदयले ओएसिसलाई २७-२४, निसर्ग वाटिकाले पुष्पसदनलाई ३१-२९, विल्सन एकेडेमीले एक्सेल पब्लिकलाई ३३-१५ र बिग बुद्धले एलआरआईलाई ३४-२८ ले स्तब्ध बनाए । ज्ञानोदयका रिजन अधिकारीले १२, निसर्गका औनलाल श्रेष्ठले १८, विल्सनका अनुप मगरले १३ र बिग बुद्धका सौरभ श्रेष्ठले २० अंक जोडे ।

सिनियर गर्ल्समा द एक्सेल्सियरले ओएसिसलाई २३-६ तथा जेसेसले ज्ञानोदयलाई १५-१२ ले हराए । एक्सेल्सियरकी एकिना घिमिरेले १४ तथा जेसेसकी स्मृति थापाले २१ अंक जोडे ।

प्रतियोगिताको रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी र भाइस प्रिन्सिपल शुभद्रा कुँवरले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्स समान १२ गरी ४८ टिम सहभागी छन् ।
 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS