बार्सिलोना

डि जोङलाई क्लबमै राख्ने बार्सिलोनाको चाहना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले डच मिडफिल्डर फ्याङ्की डि जोङसँग नयाँ सम्झौताको प्रस्ताब अगाडि बढाउने तयारीमा लागेको छ ।

‘हामी फ्याङकी धेरै वर्षसम्म क्लबमा रहुन भन्ने चाहन्छौं। उनी शीर्ष स्तरमा खेलिरहेका छन् । उसलाई क्लब मनपर्छ,’ बार्सिलोनाका खेल निर्देशक डेकोले भने,‘ क्लबसँग उनको सम्झौता सन् २०२६ सम्म छ । हामी फ्याङ्कीले सम्झौता लम्बाउन भन्ने चाहन्छौं ।’

डि जोङ सन् २०१९ मा डच क्लब आयाक्सबाट बार्सिलोना भित्रिएका थिए । उनले क्लबका लागि १ सय ३७ खेलमा ११ गोल गरेका छन् ।