श्रावण ३१, २०८२ शनिबार | ११:०३:३२
मधेश युनाइटेडको जर्सी सार्वजनिक बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व मधेश युनाइटेडको जर्सी सार्वजनिक बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व

अल नेपाल अन्तर वडा टेबल टेनिसको तयारी पूरा

फाइल फोटो

काठमाडौं । स्पिन इभेन्ट प्रालि.को आयोजनामा हुने तेश्रो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । चार दिने प्रतियोगिता बुधबारदेखि सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा सुरु हुँदैछ ।

प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष/ महिला सिंगल्स र टिम, यु-१६ ब्वाइज/ गर्ल्स   सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।

 टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जानकारी गराए । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्नेछन् ।

प्रतियोगितालाई खेल प्रेमी सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् । प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल डीएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गर्नेछन् । आयोजकका अनुसार अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video