काठमाडौं । सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन भएको छ ।
अखिल नेपाल टेबल टेनिस संघको निर्वाचन गर्न पटक पटक पत्राचार गर्दासमेत काठमाडौं जिल्लाले बेवास्था गरेपछि बुधबार तदर्थ समिति गठन गरिएको हो ।
केसी काठमाडौं जिल्ला संघका पूर्व कोषाध्यक्षसमेत हुन् । उनले दुई कार्यकाल उक्त जिम्मेवारी सम्हालेका थिए । त्यसअघिका दुई कार्यकाल सदस्य थिए ।
काठमाडौंमा टेबल टेनिस खेलको वृद्धि विकास र विस्तार गर्न आवश्यक भएकोले गत चैत्र १६ गतेको बैठकको निर्णय अनुसार तदर्थ समिति गठन गरिएको संघका अध्यक्ष वृजेन्दबहादुर हमालले जानकारी दिए ।
समितिमा रक्तचन्द्र मानन्धर र सुधीर महर्जन सहसंयोजक छन् । यसैगरी सदस्यमा प्रशान्त महर्जन, अभयराज श्रेष्ठ, इन्दिरा पराजुली, महेश श्रेष्ठ, रुपेश शाक्य, डिलोन श्रेष्ठ, रविना महर्जन र जफर हुसेन छन्।
भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL