काठमाडौं । नेपाल २९औं एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपको यु-१९ ब्वाइज टिम इभेन्टतर्फ प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरेवियालाई ३-१ ले पराजित गर्यो । तीन अंक बटुलेको नेपाल समूह उपविजेताका रूपमा प्रिक्वार्टरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जानकारी दिए ।
नेपाली ब्वाइज टाेलीमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुग्यो ।
नेपालले प्रिक्वार्टरफाइनलमा मलेसियाको सामना गर्नेछ । प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबल टेनिसको इतिहासमा यो ऐतिहासिक सफलता भएको बताए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video