काठमाडौं । नेपाल २९औं एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपको यु-१९ ब्वाइज टिम इभेन्टतर्फ प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरेवियालाई ३-१ ले पराजित गर्यो । तीन अंक बटुलेको नेपाल समूह उपविजेताका रूपमा प्रिक्वार्टरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जानकारी दिए ।
नेपाली ब्वाइज टाेलीमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुग्यो ।
नेपालले प्रिक्वार्टरफाइनलमा मलेसियाको सामना गर्नेछ । प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबल टेनिसको इतिहासमा यो ऐतिहासिक सफलता भएको बताए ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
