श्रावण ३१, २०८२ शनिबार | २३:१५:५३
ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित द ओसन क्लबको ग्रासरुट कार्यक्रमले पूरा गर्याे १००औं हप्ता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० शृंखला टप एन्ड ट्वान्टी-२० शृंखला: नेपाल लगातार दोस्रो खेलमा पराजित धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८७ रनको लक्ष्य मधेश युनाइटेडको जर्सी सार्वजनिक बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ? ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित द ओसन क्लबको ग्रासरुट कार्यक्रमले पूरा गर्याे १००औं हप्ता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० शृंखला टप एन्ड ट्वान्टी-२० शृंखला: नेपाल लगातार दोस्रो खेलमा पराजित धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८७ रनको लक्ष्य मधेश युनाइटेडको जर्सी सार्वजनिक बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ?
शनिबारको दिन

आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?'

काठमाडौं । मैले फुटबल खेल्ने समयदेखि नै नर शमशेरलाई चिनेको थिएँ । हामीले खेल्दा उहाँ रेफ्री पनि रहनुभएको थियो । आफ्नो समयमा नेपाली खेल प्रवद्र्धन गर्ने भनेकै उहाँले हो । नेपाली खेलकुदमा उहाँको अतुलनीय योगदान छ । नेपाली इतिहाससँग जोडेर उहाँको आलोचना पनि हुने गर्छ । तर उहाँले हामीसँगको कुराकानीमा त्यसबारे प्रस्ट पार्ने प्रयास गर्नुभएको मलाई राम्रोसँग सम्झना छ ।

इतिहासका अनुसार सहिद धर्मभक्तलाई गोली प्रहार गर्ने उहाँ नै हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘धर्मभक्त मेरो आफ्नै गुरु हुनुहुन्छ । मैले उहाँलाई छट्पटिएर मृत्यु आत्मसात् गर्न संघर्ष गरिरहेको देखेको थिएँ । मैले गोली प्रहार गरेमा उहाँ त्यो स्थितिमा रहनु हुने थिएन । त्यसैले मैले गोली हानेको थिएँ । नत्र उहाँलाई छट्पटिएर मरोस् भनिएको थियो ।’

नर शमशेर जनरल हुनुहुन्थ्यो । उहाँले अर्काको राइफल लिएर गोली प्रहार गर्नुभएको थियो । उहाँले गोली नहानेको भए पनि धर्मभक्त बाँच्ने अवस्था थिएन भन्ने उहाँको तर्क थियो । धर्मभक्त झुन्डिरहनुभएको थियो, अझ बढी समय झुन्डिएर मृत्युवरण गर्न बाध्य हुन्थ्यो ।

हामीले त्यही बेला पनि यो घटनाबारे सुनेका थियौं, तर नर शमशेर अगाडि यसबारे कुराकानी गर्ने आँट कसको हुन्थ्यो र ? तर मैले एक प्रकारले ग्लानिले भरिएको आत्मस्वीकारोक्ति मैले उहाँकै मुखबाट सुनेको हुँ ।

 नर शमशेर स्वयं भने ललितपुरमा बस्नुहुन्थ्यो । हामी पनि ललितपुरकै भएको हुनाले उहाँसम्म नजिक हुने अवसर पायौं ।

यो एउटा खास घटना अलग राख्ने हो भने नेपालमा धेरैभन्दा धेरै खेल भित्र्याउने नै उहाँ हो । त्यसमा कुनै दुविधा हुनुपर्दैन । उहाँ तत्कालीन पश्चिम बंगालको कोलकाता जानुभएको थियो । त्यसैले उहाँको विशेष लगाव फुटबलमा रह्यो । यसक्रममा अरू धेरै खेलको जग नेपालमा बसाउने पनि उहाँ नै हो । फुटबलमा पनि त्यही जमानामा भारतबाट खेलाडी ल्याएर महावीरबाट खेलाउनुभयो ।

उहाँले आफ्नै सक्रियताले फुटबलका विभिन्न प्रतियोगिता पनि गर्नुभयो । उहाँसँग संगतका आधारमा म के भन्न सक्छुं भने उहाँ भलादली नै हुनुहुन्थ्यो । राणा शासनको बेला अनेक अन्याय अत्याचार भए, त्यसैले धेरै राणा विरोधी नै थिए । पछि पनि यो क्रम जारी रह्यो । नर शमशेर स्वयं भने ललितपुरमा बस्नुहुन्थ्यो । हामी पनि ललितपुरकै भएको हुनाले उहाँसम्म नजिक हुने अवसर पायौं ।त्यसैले पनि उहाँ ललितपुरवासीको धेरै कुरा सुन्नुहुन्थ्यो । त्यसैले पनि हामीलाई उहाँ राम्रै लाग्थ्यो । आगा खाँ गोल्डकप खेल्ने तत्कालीन पूर्वी पाकिस्तान जाने क्रममा उहाँसँग अझ नजिक हुने अवसर पाएँ मैले । कोलकातामै गएर फुटबल खेलेको हुनाले उहाँसँग यो खेलबारे राम्रो ज्ञान थियो नै । उहाँको घर जाँदा कोलकातामा छँदा फुटबल खेल्दाको जर्सी यही हो भनेर पनि देखाउनुहुन्थ्यो । (क्रमशः)

यो पनि

https://kheladi.com/football/27278

https://kheladi.com/football/27177

https://kheladi.com/football/27078

https://kheladi.com/football/27003

https://kheladi.com/football/26920

https://kheladi.com/football/26732

https://kheladi.com/football/26652

https://kheladi.com/football/26652

https://kheladi.com/football/26434

https://kheladi.com/football/26330

https://kheladi.com/football/26196