माघ ८, २०८२ बिहीबार | ०४:२८:४९
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग
शनिबारको दिन शनिबारको दिन

आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर

काठमाडौं । ढाका जानु अगाडि हामीले साढे एक महिना जति प्रशिक्षण गरेका थियौं । त्यसअगाडि पनि राष्ट्रिय टिमका लागि भनेर प्रशिक्षण भइरहेको थियो । त्यसैले प्रशिक्षण पर्याप्त नै रह्यो, किनभने सबै गर्दा समय तीन महिना जति पुगेको थियो । त्यतिबेला २४-२५ वर्षको थिएँ । उमेरकै कारण खेलाडीसँग मेरो कहिले पनि समस्या भएन । मलाई लाग्छ, एक दुई खेलाडीमात्रै मभन्दा बढी उमेरका थिए ।

हाम्रो टिमका सबैभन्दा उत्कृष्ट खेलाडी नरकाजी गुरुङ थिए । उनी खासमा पोखराका थिए, तर फुटबल खेल्न देहरादुन गएका थिए । उनले देहरादुनमै हुर्केर त्यहाँकै आर्मीमा फुटबल खेल्न सिके । उनी अगाडि खेल्थे । नेपाली फुटबलले पाएका अहिलेसम्मकै उत्कृष्ट खेलाडीमा उनको पनि नाम आउँछ । सायद अनुशासनमा केही कमजोरी थियो, अब त उनी पनि रहेनन् ।त्यो समय व्यावसायिक फुटबलको चलन थिएन । त्यसैले खेलाडीको आम्दानी भने राम्रो हुन्नथ्यो । तर खेलाडीको आतिथ्य सत्कार भने राम्रोसँग हुन्थ्यो । त्यसले पनि खेलाडीको व्यक्तिगत जीवन र अनुशासनमा बाधा पुगेको थियो । हामीले केही खेलाडीलाई जागिर दिने प्रयास पनि गरेका थियो, तर खेलाडीले पाउने जागिरका तनखा उनीहरूलाई पुग्ने पनि थिएन ।

ढाकामा त्यो बेला पत्रपत्रिकाको प्रकासन राम्रै हुन्थ्यो र तिनीहरूले नेपालको प्रदर्शनबारे राम्रोसँग लेखेका थिए।

खेलाडीलाई आर्थिक रूपमा बलियो बनाउनुपर्छ भन्ने सोच पनि विकास भइसकेको थिएन । मेरो आफ्नो स्थिति पनि कसैलाई राम्रो जागिर मिलाउन सक्ने थिएन । फेरि कसैले मैले जागिर दिलाइदियो भन्ने पनि थिएनन् । टिमका अर्का सदस्य हीराकाजी पनि उत्तिकै राम्रा खेलाडी थिए मिडफिल्डका । टिमका मुख्य त नर शमशेर नै भए, त्यस बाहेक टिमको व्यवस्थापनमा मुरुद्दिन थिए ।

उनी बागबजारका हुन् । त्यो समयको नेपाली फुटबलबारे चर्चा गर्दा उनको नाम आइहाल्छ । उनी फुटबल भनेपछि हुरुक्कै हुने खालमा थिए । कतिसम्म भने फुटबलमा जे काम पाए पनि खुसी हुन्थे । हामी विमानबाटै ढाका पुगेका थियौं । मलाई अहिले खासै धेरै सम्झना भएन, हामीले दुई खेल खेलेको हुनुपर्छ । यसबारे पनि ठोस इतिहास अगाडि आएको भए अझ राम्रो हुनथ्यो ।

हाम्रो खेललाई धेरैले मन पराए । त्यहाँको मिडियाले लेखेको थियो, नेपालले आधुनिक फुटबल खेल्यो भनेर । हाम्रो टिममा समस्या भनेको अनुभवको कमी थियो । त्यो बेलाको बंगलादेशमा मुसा नामका स्टार खेलाडी थिए, भारतको कोलकातामा गएर पनि व्यावसायिक फुटबल खेलेका थिए उनले । हाम्रा गोलरक्षक विष्णुगोपाल श्रेष्ठको उचाइ धेरै थिएन, त्यसको फाइदा उठाएर विपक्षीले गोल गरेको थियो ।

हामीले ढाकामा खेलेको रंगशाला निकै ठूलो थियो । यस्तो रंगशाला हामीले यसअघि देखेकै थिएनौं ।

ढाकामा त्यो बेला पत्रपत्रिकाको प्रकासन राम्रै हुन्थ्यो र तिनीहरूले नेपालको प्रदर्शनबारे राम्रोसँग लेखेका थिए । उनीहरूले हाम्रो खुबै तारिफ गरेको थिए। नेपालको छोटो र लामो पास राम्रो भएको र नेपालले बलमाथि राम्रो नियन्त्रण गरेर खेलेको भनेर लेखेको थियो । मलाई लाग्छ, हाम्रो ढाका यात्राबारे त्यतिबेलाका नेपाली मिडियाले भने केही पनि लेखेको थिएन ।

यता, ढाकामा भने हाम्रो रेडियोले अन्तर्वार्ता पनि लिएको थियो, नर शमशेर र मेरो । ढाका बसाइको अनुभव भने असाध्यै राम्रो रह्यो । हाम्रा लागि यो जीवनमा एकपल्ट आउने अनुभव थियो । हामीले ढाकामा खेलेको रंगशाला निकै ठूलो थियो । यस्तो रंगशाला हामीले यसअघि देखेकै थिएनौं । त्यो खासमा क्रिकेटको स्टेडियम थियो । त्यहाँ फुटबल पनि हुन्थ्यो । त्यसरी नै बनाइएको थियो ।

सुविधा पनि राम्रै थियो, विशेषतः फुटबल व्यवस्थापनको । त्यही बेला रंगशालामा एउटा समर्थक प्रवेश गर्नेबित्तिकै कुल दर्शक यति भयो भनेर सूचना आइसक्थ्यो । त्यति मात्र होइन, खेलकै क्रममा टिकटबाट यति आम्दानी भयो भनेर सूचना आउँथ्यो । त्यो बेलाको तत्कालीन पूर्वी पाकिस्तानको फुटबल आफैंमा राम्रो थियो । सबै खेलाडी त्यही बेला व्यावसायिक भइसकेका थिए । (क्रमशः)