पुस १७, २०८२ शुक्रबार | १४:२७:४६
एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको प्रारम्भिक टोली घोषणा एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको प्रारम्भिक टोली घोषणा एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने
शनिबारको दिन

आत्मकथा शृंखला–१०: सुरुमै राष्ट्रिय टिम हेर्ने मौका पाएँ

काठमाडौं । म पटियाला गएको ०२६ सालमा हो । त्यहाँ फर्किने बित्तिकै राष्ट्रिय खेलकुद परिषदको जागिर भइहाल्यो । मैले प्रशिक्षकका रूपमा सुरुमा कुनै पनि क्लब सम्हालिनँ, किन भने प्रश्न हुन्थ्यो, कुनचाहिँ क्लब हेर्ने त ? मलाई त सुरुमै राष्ट्रिय टिमको जिम्मेवारी दिइएको थियो । त्यसपछि आवश्यकता अनुसार अञ्चल टिम पनि हेरें । त्यो समयमा अञ्चल फुटबलको चलन थियो । यो खुबै लोकप्रिय पनि थियो ।

अञ्चल–अञ्चल गएर त्यहाँको टिम बनाउने जिम्मेवारी हुन्थ्यो । कुनै कुनै अञ्चलमा खेलाडी नै हुँदैनथ्यो । त्यसैले त्यस्ता अञ्चलमा आधारभूत तालिम दिएर प्रारम्भिक फुटबल टिम बनाउने काम पनि भयो । तर मेरो पहिलो जिम्मेवारी भनेको आधिकारिक रूपमा राष्ट्रिय फुटबल टिम बनाउने नै थियो । त्यो बेलासम्म आधिकारिक रूपमा नेपालको राष्ट्रिय टिम नै बनेको थिएन, भए पनि त्यो अनौपचारिक मात्रै थियो ।

यस्तो किनभन्दा यस्तो टिम बनाउन काठमाडौंका केही खेलाडीलाई मात्र समेटिएको थियो । छनोट प्रक्रिया थिएन । भए पनि त्यो एक्लै कसैले गरेको हुन्थ्यो । मुख्य कुरा भनेको त्यो बेलाको छनोट प्रतिस्पर्धात्मक थिएन, आफू खुसी काम गर्ने गराउने चलन कायमै थियो । त्यसैले सन् ७० को दशकपछि मात्र नेपाली राष्ट्रिय फुटबल टिमको सोच अगाडि बढेको मान्छु ।

नेपाल फर्केलगत्तै एक वर्षमा राष्ट्रिय टिमका लागि भनेर भारतबाट तिनै किट्टु आउनुभयो । म उहाँको सहयोगी भएँ । अवसर थियो, आगा खाँ गोल्डकप । यो भयो, सन् १९७० को कुरा । नेपालले दोस्रो पटक यो प्रतियोगिता खेल्न लागेको थियो । प्रतियोगिता ढाकामा आयोजना हुने गथ्र्यो, तर त्यति बेलासम्म बंगलादेश बनेको थिएन, पाकिस्तान नै थियो । त्यसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो ।

टिमसँग जोडिएको अर्को तथ्य के भने म प्रशिक्षक त थिएँ, तर मेरा अधिकांस खेलाडी कि त मेरै उमेरका थिए । 

हामीले राष्ट्रिय टिमको तयारीका लागि औपचारिक रूपमै काम गरेका थियौं । अधिकांस क्लबले कसरी खेल्ने गर्छ, खेलाडी के कस्ता छन्, त्यसको गहन अध्ययन गरेका थियौं । यसै आधारमा टिम छनोट भयो र प्रशिक्षणको काम सुरु गरेका थियौं । ढाका जानु अगाडि हामीले अन्तिम छनोटको प्रक्रिया पनि अपनाएका थियौ. । त्यस अर्थमा हामीले चाहिने प्रक्रिया सबै पूरा गरेका थियौं ।

ढाका जाने त्यस टिमका प्रमुख तथा व्यवस्थापक थिए, नर शमशेर जबरा । यसरी उहाँसँग मैले सँगै काम गर्ने मौका पाएँ । उहाँसँग नजिकको व्यवहार गर्ने अवसर प्राप्त भयो । त्यो टिममा को को थिए, मलाई ठ्याक्कै सम्झना भएन । किनभने निकै लामो समय भइसकेको छ । यससँग जोडिएका तस्बिर र कागजात पनि अब मसँग छैन भन्ने स्थिति छ । घर सर्ने क्रममा अधिकांस त्यस्ता तस्बिर र कागजात हराए ।

जहाँसम्म सम्झना छ, गोलरकिपरको पहिलो रोजाइमा विष्णुगोपाल श्रेष्ठ थिए । दोस्रो रोजाइका गोलरक्षक धनबहादुर बस्नेत थिए । लेफ्ट ब्याकमा बाबुराम पुन र राइट ब्याकमा भीम थापा । मिडफिल्डमा हीरा खड्का, नरकाजी गुरुङ । अग्रपंक्तिमा यमबहादुर थापा, हीरा गुरुङ । कप्तान अच्युतकृष्ण खरेल । एउटा तथ्य भने मलाई ठ्याक्कै सम्झना छ, टिममा १८ खेलाडी थिए ।

ती सबै खेलाडीको नाम सम्झन सकेको भए, राम्रो हुने थियो । यसका लागि मलाई त्यो बेलाका खेलाडीबाट सहयोग भए हुन्थ्यो । यही टिमसँग जोडिएको अर्को तथ्य के भने म प्रशिक्षक त थिएँ, तर मेरा अधिकांस खेलाडी कि त मेरै उमेरका थिए । होइन भने म भन्दा पनि केही बढी उमेरका थिए । एक प्रकारले उमेरका आधारमा सबै जस्तो खेलाडी समकालीन नै रहे ।

टिम ढाका जाने बेलासम्ममा टिमको मुख्य प्रशिक्षक म आफै भएँ । किट्टु भारत फर्किनुभयो । मलाई जहाँसम्म सम्झना छ, उहाँलाई तत्कालीन पूर्वी पाकिस्तान जाने अनुमति प्राप्त भएको थिएन । अझ ठ्याक्कै भन्दा भिसा मिलेको थिएन । त्यसैले उहाँ टिम ढाका जानु अगाडि नै भारत फर्किनुभयो । मैले भने प्रमुख प्रशिक्षकका रूपमा नेपाली राष्ट्रिय टिम लिएर ढाका जाने अवसर पाएँ ।