आश्विन २९, २०८२ बिहीबार | १७:०६:५६
राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी
शनिबारको दिन

एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको तयारी अगाडि बढाएको छ । प्रतियोगिताको मिति नतोकिए पनि मिनी अक्सन सकिसकेको छ ।

क्यानले गत शनिबार सम्पन्न अक्सनबाट कुल ३७ खेलाडी ८ फ्रेन्चाइज टोलीमा पुगेका छन् । ड्राफ्टमा रहेका १६८ खेलाडीमध्ये पहिलो चरणमा २६ खेलाडीमाथि बोली लागेको थियो । दोस्रो चरणमा ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका थिए ।

अक्सनबाट क्याटगोरी ‘ए’ का शरद भेषवाकर र सुनम गौतममाथि कुनै पनि टोलीले बोली नलाउँदा मोहम्मद आदिल आलम भित्र्याउन आठवटै फ्रेन्चाइज टोलीले चासो देखाएका थिए ।

मिनी अक्सनमा चितवन राइनोज सबैभन्दा बढि तथा लुम्बिनी लायन्स कम खर्च गर्ने टोली बने । 

देव खनाल, अर्जुन साउद, पवन सर्राफ, विशाल पटेल, आदित्य महता, सन्तोष यादव, मोहम्मद आदिल आलम, युवराज खत्री र शेर मल्ल आ-आफ्नो क्याटगोरीमा उच्चतम मूल्य क्रमशः १५ लाख, १० लाख र ५ लाखमा बिक्री भएका थिए ।

मिनि अक्सनमा आड फ्रेन्चाइज टोलीले कुल २ करोड १८ लाख ७५ हजार रुपैयाँ खर्चिए ।  मिनी अक्सनमा सबैभन्दा बढी खर्च गर्ने टोली रह्यो चितवन राइनोज । चितवनले ३९ लाख खर्चेको थियो । सबैभन्दा कम पोखरा एभेन्जर्सले ११ लाख रुपैयाँ खर्च गरेको थियो ।

अक्सनपछि बनेको टोली

विराटनगर किंग्स

अक्सनका दौरान विरागनरग किंग्स, तस्विरः विराटनगरको फेसबुकबाट । 

सन्दीप लामिछाने मार्की रहेको विराटनगर किंग्सले लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई यो संस्करणका लागि निरन्तरता दिएको छ । विराटनगरले छैटौं स्थानमा रहेर पहिलो संस्करण अन्त्य गरेको थियो । टोलीले मिनी अक्सनबाट ५ खेलाडी भित्र्याउन २७ लाख खर्चिएको थियो ।

विराटनगरले सबैभन्दा बढी १० लाख खर्चिएर सूर्य तामाङलाई अनुबन्ध गरेको छ । टोलीले साहिल पटेल, नारायण जोशी र शंकर रानाका लागि समान ५ लाख खर्चिंदा श्रवण किस्कुलाई २ लाख तिरेर भित्र्यायो ।

जनकपुर बोल्ट्स

अक्सनमा सहभागी जनकपुरको टोली,तस्विरः एनपिएल । 

साबिक विजेता जनकपुर बोल्ट्सले मार्कीमा आसिफ शेखसहित अनिलकुुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह र तुलबहादुर थापामगरलाई दोस्रो संस्करणमा पनि निरन्तरता दिएको छ ।

टोलीले अक्सनबाट ४ खेलाडी भित्र्याउन १९ लाख ७५ हजार रुपैयाँ खर्चिएको थियो । जनकपुरले मयन यादवका लागि सबैभन्दा बढी ७ लाख ७५ हजार रुपैयाँ तिरेको थियो ।

टोलीले आदित्य महता र विकास अग्रीलाई अनुबन्ध गर्न समान ५ लाख खर्चिंदा सचिन भट्टलाई २ लाख रुपैयाँ तिरेको छ ।

चितवन राइनोज

अक्सनमा खेलाडीमाथि बोली लागाउँदै चितवन राइनोज,तस्विरः चितवनको फेसबुकबाट । 

कुशल मल्ल मार्की रहेको चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह राउटेला र दीपक बोहरा र गौतम केसीलाई रिटेन गरेको छ । गत संस्करणमा प्लेअफसम्म यात्रा तय गरेको चितवनले मिनी अक्सनबाट ३९ लाख खर्चिर ५ खेलाडी भित्र्याएको थियो । चितवन मिनी अक्सनमा सबैभन्दा बढी खर्च गर्ने टोली हो ।

चितवनले देव खनाल र अर्जुन साउदलाई भित्र्याउन समान १५ लाख रुपैयाँ खर्चियो । टोलीले विपिन रावललाई ५ लाख, विपिन आचार्य र रञ्जित कुमारलाई समान २ लाख रुपैयाँ तिरेको थियो । 

टोलीले यस पटक प्रशिक्षण जिम्मेवारी कलाम अलीलाई दिएको छ । अलीले पहिलो संस्करणमा उमेश पटवालको सहायकका रूपमा काम गरेका थिए ।

काठमान्डु गोर्खाज

अक्सनमा मोहम्मद आदिल आलमलाई भित्र्याएपछि खुसीयाली मनाउँदै काठमाडु गोर्खाज,तस्विरः काठमाडौंको फेसबुकबाट । 

पहिलो संस्करणमा काठमान्डु गुर्खाजको नामले सहभागिता जनाएको यो फ्रेन्चाइज टिमले यस पटक आफ्नो नाममा थोरै परिवर्तन गरेको छ । दोस्रो संस्करणमा काठमान्डु गोर्खाज बनेको टोलीले मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, राशिद खान, दीपेश कँडेल र प्रतिश श्रेष्ठलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ ।

गत संस्करणमा पाँचौं स्थान हासिल गरेको गोर्खाजले मिनी अक्सनबाट ३७ लाख रुपैयाँ खर्चिएर ५ खेलाडीलाई अनुबन्ध गरेको छ । गोर्खाजंले आदिल आलमलाई सबैभन्दा बढी १५ लाख रुपैयाँ खर्चिएर टोलीमा समावेश गरेको छ । यो फ्रेन्चाइज टोलीले सन्तोष यादवलाई १० लाख, आकाश त्रिपाठीलाई ७ लाख, उत्तम थापामगरलाई ३ लाख र तुलबहादुर थापालाई २ लाख रुपैयाँमा भित्र्याएको छ ।

काठमान्डु गोर्खाजंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षण जिम्मेवारी दिएको छ । पहिलो संस्करणका मुख्य प्रशिक्षक वसन्त शाहीले देसाईलाई सहायकको रूपमा सहयोग गर्नेछन् ।

पोखरा एभेन्जर्स

अक्सनमा सहभागी पोखरा एभेन्जर्सको टोली,तस्विरः एनपिएल । 

कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्सले सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश अधिकारीलाई टोलीमै राख्ने निर्णय गरेको छ । 

गत संस्करण सातौं स्थानमा रहेको पोखराले अक्सनबाट चार खेलाडी भित्र्याउन मात्र ११ लाख खर्चियो । पोखरा अक्सनमा सबैभन्दा कम खर्च गर्ने टोली हो ।

पोखराले अर्जुन कुमालका लागि सबैभन्दा धेरै ५ लाख रुपैयाँ खर्चियो । टोलीले अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई समान २ लाख रुपैयाँ तिरेर अनुबन्ध गरेको छ ।

कर्णाली याक्स

अक्सनका दौरान पोखरा याक्स,तस्विरः पोखराको फेसबुकबाट । 

कर्णाली याक्सले मार्की सोमपाल कामीसहित गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ ।

गत संस्करण प्लेअफसम्म पुगेको कर्णालीले मिनी अक्सनबाट ४ खेलाडी भित्र्याउन २९ लाख रुपैयाँ खर्चिएको थियो ।

टोलीले पवन सर्राफलाई भित्र्याउन सबैभन्दा बढी १५ लाख रुपैयाँ तिर्यो । कर्णालीले युवराज खत्रीलाई १० लाख तथा इमरान शेख र दीपक डुम्रेलाई समान दुई लाख खर्चिर अनुबन्ध गरेको थियो । कर्णालीले प्रशिक्षकमा पनि ज्ञानेन्द्र मल्ललाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

लुम्बिनी लायन्स

अक्सनमा खेलाडीमाथि बोली लगाउँदै लुम्बिनी लायन्स ,तस्विरः लुम्बिनीको फेसबुकबाट । 

राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनीले विवेककुमार यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अविनाश गौतमलाई दोस्रो संस्करणका लागि पनि टोलीमै राख्ने निर्णय गरेको छ ।

गत संस्करण पुछारमा रहेको लुम्बिनीले मिनी अक्सनबाट पाँच खेलाडी भित्र्याउन ३२ लाख रुपैयाँ खर्चियो । टोलीले दिलीप नाथ र शेर मल्ललाई समान १० लाख रुपैयाँ तिरेर अनुबन्ध गरेको छ ।

लुम्बिनीले विशाल पटेल र दुर्गेश गुप्ताका लागि समान ५ लाख तथा आदिल खानका लागि २ लाख रुपैयाँ खर्चिएको थियो ।

सुदूरपश्चिम रोयल्स

अक्सनमा सहभागी सुदूरपश्चिम रोल्यसको टोली,तस्विरः एनपिएल । 

गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई निरन्तरता दिएको छ ।

सुदूरपश्चिमले मिनी असक्नबाट २४ लाख खर्चिएर ५ खेलाडीलाई अनुबन्ध गरेको छ । टोलीले हेमन्त धामीका लागि सबैभन्दा बढी १० लाख रुपैयाँ खर्चियो । सुदूरपश्चिमले दीपक बोहरा र मिलन बोहरालाई समान ५ लाख तथा टेक रावत र दीपेन्द्र थापालाई समान २ लाख तिरेर टोलीमा समावेश गरेको थियो । सुदूरपश्चिमको प्रशिक्षकमा जगत टमाटाले नै निरन्तरता पाएका छन् ।