श्रावण ३१, २०८२ शनिबार | २३:०८:३४
ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित द ओसन क्लबको ग्रासरुट कार्यक्रमले पूरा गर्याे १००औं हप्ता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० शृंखला टप एन्ड ट्वान्टी-२० शृंखला: नेपाल लगातार दोस्रो खेलमा पराजित धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८७ रनको लक्ष्य मधेश युनाइटेडको जर्सी सार्वजनिक बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ? ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित द ओसन क्लबको ग्रासरुट कार्यक्रमले पूरा गर्याे १००औं हप्ता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० शृंखला टप एन्ड ट्वान्टी-२० शृंखला: नेपाल लगातार दोस्रो खेलमा पराजित धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८७ रनको लक्ष्य मधेश युनाइटेडको जर्सी सार्वजनिक बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ?
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

लिभरपुरलाई कस्ले रोक्ला ?

काठमाडौं । साबिक विजेता लिभरपुलले बर्नमाउथसँग शुक्रबार राति एनफिल्डमा प्रतिस्पर्धा गरेसँगै इङ्लिस प्रिमियर लिगको सिजन २०२५/२६ को सिजन सुरु भएको छ । पहिलो साता नै म्यानचेस्टर युनाइटेडले आर्सनललाई आतिथ्यता गर्दै छ । त्यसैले यो सिजनको प्रिमियर लिग सुरुदेखि रोचक हुने अनुमान गर्न सकिन्छ ।

यसै सिजन बढुवा भएको लिड्स युनाइटेडले एभरटनलाई घरमा स्वागत गर्नेछ । सबै क्लबको व्यस्तता बढेको छ । अमेरिकामा फिफा क्लब विश्वकप जितेको चेल्सी केही नयाँ योजनासहित प्रिमियर लिगमा होमिएको छ ।

यो सिजन लिड्ससहित बर्नेली प्रिमियर लिगमा बढुवा भएको हो । दुवैलाई प्रिमियर लिगमा टिक्न निकै संघर्ष गर्नुपर्ने आँकलन गर्न सकिन्छ । विगतमा पनि बढुवा भएका टोली एकै सिजन टिक्न नसकी घटुवा भएका धेरै उदाहरण प्रिमियर लिगमा रहेको छ ।

सिजनको ७-८ महिना उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिममा चुक्ने गरेको आर्सनल त्यो घटना दोहोर्याउने पक्षमा छैन ।

२० क्लब प्रतिस्पर्धामा रहँदा साबिक विजेता लिभरपुल नै यसपालि पनि सबैभन्दा दाबेदार टोली हो । यसलाई पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी र मिकेल आर्टेटाको आर्सनलले चुनौती दिने नै छ । सिटी यस पटक नयाँ र पुराना खेलाडीको समिश्रणमा उत्कृष्ट कमब्याक गर्दै उपाधि फर्काउने योजनामा छ ।

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध प्रतिस्पर्धा गर्दै लिभरपुलका कोडी गाक्पो (रातो जर्सी) ।

यता, सिजनको ७-८ महिना उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिममा चुक्ने गरेको आर्सनल त्यो घटना दोहोर्याउने पक्षमा छैन । युनाइटेडलाई हराउँदै युरोपा लिग उपाधि जितेको टोटनहम पनि होडमा छ । प्रशिक्षक एन्ज पोस्टेकोग्लु नयाँ योजनासहित दोस्रो सिजन टोली हेर्दैछन् ।

पछिल्लो सिजन चौथो स्थान मुस्किलले प्राप्त गरेको चेल्सी पनि शीर्ष तीन क्लबलाई राम्रै चुनौती दिने योजनामा छ । त्यो लक्षण उसले फिफा क्लब विश्वकपमै देखाइसकेको छ । न्युकासल, एस्टन भिल्ला, नटिङघम फरेस्ट र ब्राइटनजस्ता खेलाडी यसपालि च्याम्पियन्स लिगमा स्थान बनाउने प्रयासमा हुनेछन् ।

लिड्स एकै सिजनमा माथिल्लो डिभिजनमा फर्किदाँ बर्नेली भने सन् २०२१-२२ को सिजन पछि माथिल्लाेकाे लिगमा उक्किएको हाे । यता सन्डरल्यान्ड सन् २०१६-१७ को सिजनपछि माथिल्लो श्रेणीको अनुभव बटुल्दै छ ।

पछिल्लो सिजन बिर्सनलायक प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेड पनि कम्तीमा च्याम्पियन्स लिगको लक्ष्यमा छ । तर, पछिल्लो सिजन ३८ मध्ये ११ खेलमात्रै जितेको टोलीले मात्र ४२ अंक जोडेर १५औं स्थान बनाएको थियो । यसपालि आफ्नो प्रभुत्व फर्काउन टोलीले निकै संघर्ष गर्नुपर्नेछ ।  

पछिल्लो सिजन साउथह्याम्पटन, इप्सविच टाउन र लेस्टर सिटी च्याम्पियनसिपमा घटुवा भएका थिए । यस सिजन लिड्स, बर्नली र सन्डरल्यान्डले उनीहरूको स्थान लिनेछन् । लिड्स च्याम्पियन हुँदा सन्डरल्यान्डले सेफिल्ड युनाइटेडलाई प्लेअफमा हराएर प्रिमियर लिगमा स्थान बनाएको थियो ।

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै आर्सनल (रातो जर्सी) र चेल्सी ।

लिड्स एकै सिजनमा माथिल्लो डिभिजनमा फर्किदाँ बर्नेली भने सन् २०२१-२२ को सिजन पछि माथिल्लाेकाे लिगमा उक्किएको हाे । यता सन्डरल्यान्ड सन् २०१६-१७ को सिजनपछि माथिल्लो श्रेणीको अनुभव बटुल्दै छ ।

लिभरपुरलाई २०औं पटक प्रिमियर लिग उपाधि जिताएका आर्ने स्लटले पनि उपाधि रक्षा गर्न नयाँ खेलाडी भित्र्याएका छन् । दुर्घटनाबाट ज्यान गुमाएका डियगाे जाेटाको शोकमा हुनेछ लिभरपुल । जाेटाको जर्सी नम्बर २० कसैले प्रयोग नगर्ने प्रस्ट पारिसकेको छ ।

प्रिमियर लिगमा गोलकिपरले ८ सेकेन्डभन्दा बढी बल नियन्त्रणमा राख्न पाउने छैनन् । 

क्लबले जर्मन चर्चित मिडफिल्डर फ्लोरियन विर्ट्सलाई भित्र्याएको छ । उनलाई बायर लेभरकुजनबाट ल्याउँदा एक सय मिलियन पाउन्ड खर्च गरिएको छ । कीर्तिमानी मूल्यमा न्युकासलका स्ट्राइकर एलेक्जान्डर इसाक ल्याउने योजनामा लिभरपुल छ । लेफ्ट ब्याक मिलोस केर्केज बर्नमाउथ र राइट ब्याक जेरेमी फ्रिमपोङ लेभरकुजनबाटै भित्र्यााइसकेको छ ।

तीन सिजन उपविजेता आर्सनलका अर्टेटाले पनि नयाँ खेलाडीमाथि बढी ध्यान दिएका छन् । उनले डिफेन्सिभ मिडफिल्डर मार्टिन जुविमेन्डी स्पेनिस क्लब रियाल सोसिडाड र विङ्गर नोनी माडुकेलाई चेल्सीबाट भित्र्याएका हुन् ।

म्यानचेस्टर सिटीले भने यो सिजन केभिन डी ब्रुयनालाई बिदाइ गर्दा एसी मिलानका अनुभवी मिडफिल्डर टिजानी रेइजान्डर्सलाई ल्याएको छ । बालोन डी’अर जितेका रोड्री यो सिजन रिकभरीपछि कमब्याक हुँदा सिटी थप हौसिएको छ ।

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै म्यानचेस्टर सिटी (पहेंलो र कालो जर्सी) र एस्टन भिल्ला ।

नियम परिवर्तन

प्रिमियर लिगको नियममा पनि केही फरक महसुस हुनेछ । गोलकिपरलाई भने केही नियन्त्रणमा राख्ने योजना प्रिमियर लिगको छ । अब, प्रिमियर लिगमा गोलकिपरले ८ सेकेन्डभन्दा बढी बल नियन्त्रणमा राख्न पाउने छैनन् । यदि यस्तो भएमा रेफ्रीले विपक्षी टिमलाई सिधै कर्नरको अवसर दिन सक्नेछ ।

रेफ्रीले बल चलाउन गोलकिपरलाई ५ सेकेन्डको समय दिनेछ । त्यसमा गोलकिपर तयार नभए इन्डाइरेक्ट फ्रिकिक दिइनेछ । यो नियम लागू भएपछि समय बर्बाद गर्ने गोलकिपरको नियतलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

अर्काे ठूलो परिवर्तन भनेको रेफ्रीसँग कप्तानले मात्रै अपिल गर्न पाउनेछ । अनुमतिविना रेफ्रीलाई अपिल गर्नेले सिधै पहेंलो  कार्ड पाउनेछ । यदि कप्तान गोलकिपर हो भने उसले रेफ्रीलाई खेलअघि नै आफ्नो वैकल्पिक खेलाडी प्रदान गर्नुपर्नेछ । खेलाडी पेनाल्टी प्रहार गर्दा लडेर बल छोएको अवस्थामा पुनः पेनाल्टी प्रहार गर्न दिइनेछ ।