युरोपा लिगमा वेस्ट हमको जित यात्रा निरन्तर

लन्डन, (खेलाडी)– वेस्ट हमले युरोपा लिगमा तेस्रो खेलसम्म सतप्रतिसत नतिया यात्रालाई निरन्तरता दिने क्रममा बिहीबार राति जेन्कमाथि ३-० को जित हासिल गरेको छ ।

सबैखाले प्रतियोगितामा गरी पछिल्ला पाँच मध्ये चार खेलमा पराजय भोगेपछि बेल्जियन टोली जेन्क लन्डनको भ्रमणमा आएको थियो । तर लन्डनमा पनि भाग्य बदल्न टोली सफल भएन । 

सुरुमा जेन्कले खेलमा पकड जमाउन खोजे पनि क्राएग डसनको हेड गोलमार्फत वेस्ट हमले पहिलो हाफको इन्जुरी समयमा अग्रता लियो । दोस्रो हाफमा पनि सुरुमै दुई गोल गर्दै घरेलु टोलीले खेल जेन्कको हातबाट खोस्यो । इसा डियोप र जारोड बोवेनले ७२ सेकेन्डको बीचमा गोल गर्दै डेविड मोयेजको टोलीलाई नकआउट चरणको नजिक पुर्याए । 

लगातारको जितपछि तीन खेलको समाप्तीमा वेस्ट ह्याम नौं अंकका साथ समूह ‘एच’को शीर्ष स्थानमा रहँदा समान तीन अंक जोडेका डिनामो जागरेब दोस्रो, र्यापिड विन तेस्रो तथा जेन्क चौथो स्थानमा छन् ।

बिहीबारै भएको समूहको अर्को खेलमा र्यापिड विनले डिनामो जागरेबलाई २-१ को नतिजामा निराश पारेको थियो