इङ्लिस प्रिमियर लिग

बराबरीमा रोकिए टोटनहम र ब्रेन्टफोर्ड

काठमाडौं । टोटनहम र घरेलु टोली ब्रेन्टफोर्ड सिजनको पहिलो इङ्लिस प्रिमियर लिग खेलमा २-२ को बराबरीमा रोकिएका छन् । बराबरीसँगै दुई टोलीले एक / एक अंक बाँडे ।

जिटेक कम्युनिटी रंगशालामा आइतबार टोटनहमका लागि क्रिस्टियन रोमेरो र इमरसन रोयलले समान एक गोल गरे । ब्रेन्टफोर्डका लागि बायर्न एमबेउमो र योने विसाले समान एक गोल गरे ।

खेलको ११औं मिनेटमा रोमेरोको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो र २६औं मिनेटमा एमबेउमोले पेनाल्टीमार्फत गोल गर्दै ब्रेन्टफोर्डलाई बराबरीमा ल्याए ।

१० मिनेटपछि नै विसाले गानेल गर्दै घरेलु टोलीलाई २-१ ले अगाडी बढाए । पहिलो हाफको इन्जुरी समयमा रोयलले गोल गरेपछि खेल २-२ को बराबरीमा आयो ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल २-२ को बराबरीमा सकिएको हो ।