१९औं एसियाली खेलकुद

एसियाली खेलकुदः नेपाल कठिन समूहमा

काठमाडौं । चीनको हाङ्झाउमा हुने १९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ ।

बिहीबार सार्वजनिक भएको समूह विभाजन अनुसार समूह ‘डी’ मा नेपालसँगै बंगलादेश, भियतनाम र जापान छन् । जापान र भियतनाम अहिले फिफा महिला विश्वकपका खेलिरहेका छन् ।

नेपालले यसअघि बंगलादेश र भियतनामको सामना गरिसकेको छ । सन् २०११ को विश्वकप विजेता जापान भने नेपालका लागि नयाँ प्रतिद्धन्द्धी हो ।

एसियाली खेलकुदमा सहभागी १८ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ । समूह ‘डी’ र ‘डी’ मा चार तथा अन्य तीन समूहमा भने समान तीन टोली समावेश छन् । 

यसैगरी समूह ‘ए’मा आयोजक चीन, मंगोलिया, उज्वेकिस्तान, समूह ‘बी’ मा चाइनिज ताइपेइ, भारत र थाइल्यान्ड, समूह ‘सी’ मा उत्तर कोरिया, सिंगापुर र कम्बोडिया तथा समूह ‘इ’मा दक्षिण कोरिया, हङकङ, फिलिपिन्स र म्यानमार छन् ।

एसियाली खेलकुद असोज ६ देखि २१ गते सम्म हुनेछ ।

एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोली 
एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, रेनुका नगरकोटे, सावित्रा भण्डारी, अनिता केसी, अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दिपा शाही, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल